चीनलाई थप तथ्यका लागि दबाब दिन सकिदैन : डब्लुएचओ एजेन्सी।कोरोना भाइरसको उत्पत्तिबारे चीनमा अमेरिकासहितका देशले औला उठाइरहेका बेला विश्व स्वास्थ्य संगठन डब्लुएचओले चीनलाई थप तथ्य उपलब्ध गराउन बाध्य पार्न नसकिने बताएको छ।यद्यपि डब्लुएचओले भाइरस कहाँबाट उत्पत्ति भयो र संसारभर फैलियो भन्नेबारेमा अनुसन्धान कार्य भने जारी राख्नुपर्ने उल्लेख गरेको छ।चीनको वुहानस्थित प्रयोगशालामा नै भाइरसको उत्पत्ति भएको अमेरिकासहितका देशले आरोप लगाइरहेका छन्। तर कोरोना उत्पत्तिबारे अहिलेसम्म कुनै तथ्य फेला परेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्