दाङमा केही खुकुलो बनाउँदै निषेधाज्ञा, असार १ सम्म थप घोराही। दाङमा निषेधाज्ञा पुनः एक सातालाई थप गरिएको छ। जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको मंगलबार घोराहीमा बसेको बैठकले केही खुकुलो बनाउँदै निषेधाज्ञा असार १ गतेसम्म थप गर्ने निर्णय गरेको हो। खाद्यान्न पसलहरु बिहान १० बजेसम्म खुला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए। बैंकहरु १० देखि २ बजेसम्म खुला गर्ने निर्णय गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्