गोकर्णेश्वरका दुई केन्द्रमा भेरोसेल खोप
काठमाडौं। गोकर्णेश्वर नगरपालिकाका दुई केन्द्रमा भेरोसेल खोप ६० देखि ६४ वर्षसम्मका वृद्धलाई लगाउन शुरु गरिएको छ। नगरपालिकाको वडा नं ४ स्थित सहयोगी माध्यमिक विद्यालय र वडा नं ६ स्थित चामुण्डा माध्यमिक विद्यालय परिसरमा खोप लगाउन शुरु गरिएको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले बताए। नगरपालिकामा हालसम्म पाँच हजार ४९० जना कोरोना सङ्क्रमित भएका छन्।
प्रतिक्रिया दिनुहोस्