भारतले तोक्यो भ्याक्सिनको मूल्य
एजेन्सी। भारत सरकारले निजी अस्पतालमा कोरोनाविरुद्धको भ्याक्सिनको मूल्य तय गरेको छ। कोभिसिल्ड ७८०, कोभ्याक्सिन १४१०, स्पुतनिक भीको ११४५ भारु प्रतिडोज तोकेको हो। त्यहाँको केन्द्र सरकारले सबै राज्यमा उक्त मूल्यमा भ्याक्सिन बिक्री गर्न निर्देशन दिएको छ। यसअघि निजी अस्पतालले भ्याक्सिनको मूल्य मनपरी लिनुका साथै कालोबजारीसमेत गरिएको भन्दै आलोचना भएको थियो।
प्रतिक्रिया दिनुहोस्