कोरोनाको ‘डेल्टा’ भेरिएन्टविरुद्ध प्रभावकारी छैनन् कोभ्याक्सिन र कोभिसिल्ड : रिपोर्ट एजेन्सी। भारतको एम्स (दिल्ली) र राष्ट्रिय रोग नियन्त्रण केन्द्र (एनसीडीसी)ले गरेको अलग–अलग अध्ययनले कोरोनाको ‘डेल्टा’ भेरिएन्ट (संस्करण)विरुद्ध कोभ्याक्सिन र कोभिसिल्ड प्रभावकारी नभएको देखाएको छ। ती खोप लगाउने धेरैलाई डेल्टा भेरिएन्टको संक्रमण भएको पाइएको अध्ययन रिपोर्टमा उल्लेख छ। रिपोर्टमा ‘डेल्टा’ भेरिएन्ट ‘अल्फा’ भेरिएन्टभन्दा ४० देखि ५० प्रतिशत बढी संक्रामक रहेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्