गोरखाका पाँच स्थानीय तहलाई ६ एम्बुलेन्स
गोरखा। जिल्लाका विभिन्न पाँचवटा स्थानीय तहहरुलाई कोरोनाविरुद्ध जुध्न सहयोग पुर्याउने उद्देश्यले ६ वटा एम्बुलेन्स सहितका स्वास्थ्य सामग्री आज प्रदान गरिएको छ। सम्भव छ नेपाल नामक संस्थाले स्थानीय तहहरुलाई एम्बुलेन्स सहितको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो। जिल्लाको आरुघाट गाउँपालिका घर भइ पर्यटन व्यवसाय गर्दै आएका संस्थाका अध्यक्ष प्रेमकुमार खत्रीले उक्त सामग्री खरिद गरी जिल्लाका स्थानीय तहहरुलाई उपलब्ध गराएका हुन्।
प्रतिक्रिया दिनुहोस्