धनकुटामा असार ३ गतेसम्मको लागि निषेधाज्ञा थप धनकुटा। कोभिड–१९ संक्रमण नियन्त्रणका लागि धनकुटामा असार ३ गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको छ। आज बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिसको आधारमा निषेद्याज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव बरालले बताए। बजार, पसल, यातायात पूर्णरुपमा बन्द गरिएको छ। धनकुटामा १२ सयभन्दा बढीमा कोभिड संक्रमित पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्