बढी मूल्यमा भ्याक्सिन नकिनौंः डब्ल्यूएचओ
एजेन्सी। तोकिएको भन्दा अधिक मूल्यमा भ्याक्सिन बिक्री भइरहेको सूचना पाएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बढी मूल्य तिरेर भ्याक्सिन खरिद नगर्न आग्रह गरेको छ। संगठनले अभावको समयमा बढी मूल्यमा खोप किन्दा हुने खतराबारे चेतावनी दिएको हो। कोरोना उपचारका क्रममा प्रयोग गरिने उत्पादनको स्तर पहिचान गर्नु अति आवश्यक रहेको पनि बताएको छ। नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा कालोबजारी नगर्न चेतावनी दिएको हो।
प्रतिक्रिया दिनुहोस्