चिनियाँ भ्याक्सिनमाथि आशंका बढ्दो बीबीसी।चीनमा निर्मित कोरोनाविरुद्धको भ्याक्सिनमाथि थुप्रै देशमा प्रश्न उठेको छ। साउदी अरब, फिलिपिन्स, बहराइन, यूएईलगायतका देशमा चिनियाँ भ्याक्सिको मान्यता र प्रभावबारे आशंका जनाइएको हो। अहिले चीनको सिनोफार्मा र सिनोभ्याक विभिन्न देशमा लगाउन थालिएको छ। दुवै भ्याक्सिनलाई डब्ल्यूएचओले मान्यता दिइसकेको छ। चिनियाँ भ्याक्सिन लगाएका व्यक्तिलाई साउदी अरबले प्रवेश दिएको छैन। साउदीले फाइजर, एस्ट्राजेनेका, मोडर्ना र जोनसन एन्ड जोनसनलाई स्वीकृति दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्