१२ वर्षमुनिका बच्चालाई फाइजरको भ्याक्सिन परीक्षण हुँदै एजेन्सी। फाइजरले १२ वर्षमुनिका बच्चाका लागि बनाएको भ्याक्सिन छिट्टै ट्रायल गर्न लागेको छ। कम्पनीले बढीभन्दा बढी बच्चाहरुमा यसको परीक्षण गर्न लागेको छ। अमेरिका, फिनल्यान्ड, पोल्यान्ड र स्पेनका ४५०० बच्चामा यसको परीक्षण गर्न लागिएको हो। बच्चाको उमेर समूहका आधारमा भ्याक्सिनको मात्रा परीक्षण गरिने कम्पनीले जानकारी दिएको छ। फाइजरले चाँडै नै यो भ्याक्सिनको स्वीकृतिका लागि नियाम निकायमा आवेदन गर्न पनि बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्