मेडिकल कलेजलाई जबर्जस्ती सम्बन्धन दिए सत्याग्र सुरु गर्ने डा.केसीको चेतावनी काठमाडौं। डा.गोविन्द केसीले भोलि बस्ने चिकित्सा शिक्षा आयोगको बैठकले जर्बजस्ती कुनै मेडिकल कलेजलाई सम्बन्धन दिए त्यसविरुद्ध सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन्। “चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुको अडान विपरीत जबर्जस्ती अवैध सम्बन्धनको प्रक्रिया अघि बढाइयो भने म नेपाल फर्कनासाथ त्यस्तो हर्कतविरुद्ध सत्याग्रह सुरु गर्ने जानकारी गराउन चाहन्छु”, डा.केसीले यमनबाट जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्