बूढानीलकण्ठमा शुक्रबार पुनः खोप लगाइने
काठमाडौं। बूढानीलकण्ठ नगरपालिकाले आज स्थगित खोप कार्यक्रम शुक्रबार पुनः सुरु गर्ने भएको छ। सोमबार र मङ्गलबार गरी एक हजार ९०८ लाई कोभिड १९ विरुद्ध चाइनिज भेरोसेल खोप लगाइएको थियो। जिल्ला स्वास्थ्य कार्यालयबाट सीमित खोप प्राप्त भएकाले बिहान ९ देखि अपराह्न ३ बजेसम्म ६० देखि ६४ उमेर समूहका नागरिकलाई लगाइने नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले बताए। रासस
प्रतिक्रिया दिनुहोस्