काठमाडौं महानगरमा सञ्चालन भइरहेको खोप अभियान स्थगित काठमाडौं। स्वास्थ्य मन्त्रालयले खोप नदिने भएपछि काठमाडौं महानगरपालिकाको ३२ वटा वडामा सञ्चालन भइरहेको कोभिड खोप अभियान स्थगित भएको छ। महानगर शहरी स्वास्थ्य विभागका प्रमुख हरिप्रसाद कुँवरले आज सूचना प्रकाशित गरी खोप अभियान अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको जानकारी दिएका छन्। तीन दिनदेखि सञ्चालन भइरहेको खोप अभियानमा ६० देखि ६४ बर्षका करिब २८ हजारले खोप लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्