बेलायतले १० करोडभन्दा बढी खोप अनुदान दिने
एजेन्सी। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफूहरुसँग भएको अतिरिक्त १० करोड भन्दा बढी खोप अनुदानमा दिने बताएका छन्। जी–७ को बैठकको पूर्वसन्ध्यामा उनले गरिब देशहरूलाई आगामी केही साताबाट खोपहरू उपलब्ध गराउन थाल्ने बताए। यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले ९२ वटा न्यून तथा मध्यम आय भएका देशहरू र अफ्रिकी संघलाई ५० करोड डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए।
प्रतिक्रिया दिनुहोस्