नेपाल लगायत ९२ देशले यसैवर्ष भित्र २० करोड डोज कोरोना खोप पाउने
काठमाडौं।अमेरिकाले नेपाललगायत ९२ निम्न र मध्यम आय भएका मुलुक तथा अफ्रिकन युनियनका सदस्यहरूलाई सन् २०२१ भित्रै फाइजर-बायोटेकको २० करोड डोज कोरोना खोप दिने भएको छ।अमेरिकी राष्ट्रपति जो बाइडेनले सहयोगस्वरूप उपलब्ध गराउने घोषणा गरेको ५० करोड खोपमध्धे २० करोड यसैवर्षभित्र प्रदान गरिसक्ने जनाएको छ। बाँकी ३० करोड खोप सन् २०२२ को जुनसम्म उपलब्ध गर्ने बाइडेनले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्