भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौं। भातरीय सेनाले कोरोना महमारीविरुद्ध लड्न नेपाली सेनालाई सहयोगस्वरुप स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ। नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज ती सामाग्री प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन्। कोभिड–१९ महामारीको प्रतिकार्यमा सहयोग पु¥याउने उद्देश्यले भारतीय सेनाले भेन्टिलेटर, आइसीयू बेडहरु, पीपीई सेट र एम्बुलेन्स लगायतका स्वास्थ्य सामग्रीहरु उपलब्ध गरेको नेपाली सेनाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्