चीनमा ८५ करोड डोज भ्याक्सिन लगाइयो एजेन्सी। चीनमा हालसम्म ८५ करोड डोजभन्दा बढी कोरोना भ्याक्सिन लगाइएको छ। विश्वमै यो सबैभन्दा बढी हो। विश्व स्वास्थ्य संगठनकाअनुसार विश्वभर ३८ लाख ७८ जनाको कोरोनाका कारण मृत्यु भएको छ। कोरोनाबाट जोगाउन खोप नै सर्वोत्कृष्ट उपाय रहेको अध्ययनहरुले देखाएका छन्। तर, विश्वका सबैजसो मुलुकमा समानुपातिक रुपमा खोप उपलब्ध हुन नसक्दा खोप लगाउने अभियानमा नराम्रो प्रभाव परेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्