भ्याक्सिन निर्माता फाइजरले यो वर्ष २६ अर्ब डलर कमाउँदै एजेन्सी। संसार कोरोनाले त्रस्त छ। यही समय कोरोनाविरुद्धको भ्याक्सिन निर्माता कम्पनीहरु अर्बौं कमाइरहेका छन्। भ्याक्सिन बिक्रीबाट यो वर्ष २६ अर्ब डलर कमाउने योजना फाइजरको छ। २०२१ को पहिलो त्रैमासिकमा कम्पनीको मुनाफा अघिल्लो वर्षको तुलनामा ४४ प्रतिशत बढेको छ। मानिसहरु भ्याक्सिन कहिले लगाउन पाइएला भनेर चिन्तित छन्। यता भ्याक्सिन निर्माता कम्पनीहरु भने कसरी बढी नाफा कमाउन सकिएला भन्दै योजना बनाइरहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्