खोपका लागि बेलायत सरकारलाई पत्र पठाइने
काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोभिड १९ विरुद्धको ‘एस्ट्राजेनिका’ खोप उपलब्ध गराउन बेलायत सरकारलाई पत्र पठाउने तयारी गरिएको बताए।सञ्चारकर्मीसँग आज कुराकानी गर्दै उनले नेपालका ज्येष्ठ नागरिकले खोप अभावका कारण दोस्रो मात्राको खोप लगाउन नपाएको कुरा उल्लेख गर्दै पत्र पठाइने जनाए। “पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकले खोपको अभावसँगै दोस्रो मात्राको खोप लगाउन पाएका छैनन् भनेर पत्रमा उल्लेख गर्नेछौं”,उनले भने।रासस
प्रतिक्रिया दिनुहोस्