भोलि र पर्सी काठमाडौंका चार अस्पतालमा चिनियाँ खोप लगाइने
काठमाडौं।काठमाडौं महानगरपालिकाभित्र यसअघि कोरोना खोपको पहिलो डोज लगाउन छुटेका ६० र ६१ वर्ष समूहका व्यक्तिलाई भोलि र पर्सी चिनियाँ खोप भेरोसेल लगाइने भएको छ।महानगरपालिकाभित्र पर्ने वीर अस्पताल (रत्नपार्क), शिक्षण अस्पताल (महाराजगन्ज), वीरेन्द्र सैनिक अस्पताल (छाउनी) र निजामती कर्मचारी अस्पताल (नयाँ बानेश्वर)मा खोप लगाईन व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ। यसअघि भेरोसेलको पहिलो डोज लगाएका व्यक्ति,स्वास्थ्यकर्मी, चिकित्सक, नर्सलाई पनि खोप दिइने छ।
प्रतिक्रिया दिनुहोस्