काठमाडौंले माग्यो कोभिशिल्ड खोपको दोस्रो डोज लगाउन बाँकीको विवरण
काठमाडौं। काठमाडौं महानगरपालिकाले आज एक सूचना प्रकाशित गरी कोभिशिल्ड खोपको दोस्रो डोज लगाउन बाँकीको विवरण मागेको छ। महानगरपालिकाले सबै वडालाई पत्र लेख्दै कोभिशिल्ड खोपको दोस्रो डोज लगाउन बाँकी रहेका वडाका निर्वाचित पदाधिकारी तथा कार्यरत कर्मचारीको विवरण मागेको हो। भारतबाट नेपालले खरिद गरेको कोभिशिल्डको १० लाख डोज आउन नसक्दा धेरैले दोस्रो डोज खोप लगाउन पाएका छैनन्।
प्रतिक्रिया दिनुहोस्