राप्ती अस्पताललाई भेन्टिलेटर सहयोग
काठमाडौं। गोर्खा सिमिस्ट्री ट्रष्ट हङकङले तुलसीपुरस्थित राप्ती अस्पताललाई चारवटा भेन्टिलेटर सहयोग गरेको छ। ती स्वास्थ्य सामग्रीलाई गोर्खा सिमिस्ट्री ट्रष्ट नेपालका अध्यक्ष महेन्द्र राई र एमालेका केन्द्रीय सदस्य सुजिता शाक्यले अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेलाई हस्तान्तरण गरे। सो अवसरमा ट्रष्टका अध्यक्ष राईले नेपालका सरकारी अस्पतालमा ४५ भेन्टिलेटर हस्तान्तरण गर्न लागिएको बताए।रासस
प्रतिक्रिया दिनुहोस्