राप्ती प्रादेशिक अस्पतालमा लक्षित समुदायले एकलाख बराबारको निःशुल्क उपचार पाउने दाङ। राप्ती प्रादेशिक अस्पतालमा स्थापना भएको सामाजिक सेवा एकाईमार्फत सरकारले तोकेका लक्षित समूहले एक वर्षसम्म एकलाख बराबरको औषधि उपचार निःशुल्क गर्न पाउने भएका छन्। पहिलोपटक लक्षित समूहले आकस्मिक अवस्थामा पाँचहजार,ओपिडीमा दुईहजार पाँचसय र भर्ना भएमा१० हजारसम्मको औषधि उपचार निःशुल्क पाउने अस्पतालले जनाएको छ। एकाईका प्रमुख हिमा पौडेलकाअनुसार गरीब, असहाय, अपाङ्ग, हिंसापीडित, प्राकृतिक प्रकोप पीडित,सीमान्तकृत तथा लोपोन्मुख जातिले यो सेवा पाउनेछन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्