दाङमा ७ हजार ९४८ जना ज्येष्ठ नागरिकले लगाए कोरोनाविरुद्धको खोप काठमाडौं। दाङमा कोरोना संक्रमण विरुद्धको चिनियाँ खोप भेरोसिलको पहिलो डोज ७ हजार ९८४ जना जेष्ठ नागरिकले लगाएका छन्। दाङमा ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई कोरोनाविरुद्धको भेरोसिल खोप लगाउने काम सम्पन्न भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले बताए। स्थानीय तहले तोकेको खोप केन्द्रमा नागरिकता वा अन्य परिचय खुल्ने सरकारी कागजात र वडा कार्यालयको सिफारिसका आधारमा खोप लगाइएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्