कपिलवस्तुमा थपियो निषेधाज्ञा
कपिलवस्तु। आइतबार सम्पन्न डीसीसीएमसीको बैठकले कपिलवस्तु जिल्लमा निषेधाज्ञा थप गरेको जिल्लाका प्रवक्ता गणेश नेपालीले जानकारी गराए। उनका अनुसार जिल्लामा असार १ गतेदेखि लागू हुनेगरी असार ७ गते राति १२ बजे सम्मकोलागि लम्बाइएको हो। खाद्यान्न र बैंक तथा वित्तिय संस्थाहरु निश्चित समय अवधिको लागि खुल्नेगरी निषेधाज्ञा खुकुलो बनाइएको उनले बताए।
प्रतिक्रिया दिनुहोस्