सिन्धुपाल्चोकमा असार ७ गतेसम्म थपियो निषेधाज्ञा सिन्धुपाल्चोक। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ। कोरोना संक्रमितको संख्यामा कमी नआएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलले बताए। कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि गत वैशाख २३ गतेदेखि सिन्धुपाल्चोकमा निषेधाज्ञा लगाइँदै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्