भारतमा ड्रोनबाट चिकित्सा सामग्री आपूर्ति गरिँदै
एजेन्सी। भारतमा पहिलो पटक मेडिकल ड्रोन डेलिभरीको परीक्षण बेंगलुरुमा गरिने भएको छ। यिबोन्ड भिजुअल लाइन अफ साइट मेडिकल ड्रोनको जुन १८ बाट ट्रायल सुरु गरिने भएको हो। बेंगलुरुको थ्रटल एरोस्पेस सिस्टम्सलाई नागरिक उड्डयन महानिर्देशनालयले गत वर्ष मार्चमा अब्जेक्ट डेलिभरी ट्रायलको स्वीकृति दिएको थियो। ट्रायल ३० देखि ४५ दिनसम्म गर्नुपर्ने बताइएको छ। ड्रोनको ट्रायलमा औषधि पठाइने छ।
प्रतिक्रिया दिनुहोस्