लुम्बिनी प्रदेशवासी सबैलाई आउँदो आर्थिक वर्ष कोरोना खोप दिइने
काठमाडौं। लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरी (थारु)ले आउँदो आर्थिक वर्ष २०७८/७९ मा सबै लुम्बिनी प्रदेशवासीलाई कोरोना विरुद्धको खोप दिइने बताएका छन्। आज प्रदेशसभामा आउँदो वर्षको बजेट प्रस्तुत गर्दै उनले उक्त कुरा बताएका हुन्। अहिले सीमित खोप आइरहेको कारण केन्द्र सरकारले दिएको खोप समन्वय गर्ने काम मात्र भएको उनले जनाए।
प्रतिक्रिया दिनुहोस्