मानवअधिकार आयोगले भन्यो– ज्येष्ठ नागरिक, बालबालिका लगायतको यथाशिघ्र निःशुल्क पीसीआर गराउ काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले ज्येष्ठ नागरिक, बालबालिका, आदिवासी जनजाति, सीमान्तकृत, अल्पसंख्यक, लोपोन्मुख वासिन्दाको यथाशीघ्र निःशुल्क पीसीआर परीक्षण गराउन सरकारलाई निर्देशन दिएको छ। ती समुदायको कोरोना खोपमा सहज पुहँच पुर्याउन पनि आयोगले भनेको छ। आयोगले आज एक विज्ञप्ति जारी गर्दै यस्ता व्यक्तिहरुलाई राहत प्याकेज र उपचार तथा स्वास्थ्य बिमा निःशुल्क गर्नसमेत निर्देशन दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्