मध्यपुरथिमिमा दश हजारको एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै
भक्तपुर। मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरक्षेत्रमा कोरोना सङ्क्रमणको अवस्था पहिल्याउन एकै दिन एकैचोटि १० हजार व्यक्तिको निःशुल्क एन्टिजिन र पिसिआर परीक्षण गर्ने भएको छ। नगरपालिकाले प्रत्येक वडामा शनिबार बिहान १०ः०० देखि ५ः०० बजेसम्म एकैपटक उक्त संख्यामा एन्टिजिन र पिसिआर परीक्षण गर्ने नगर प्रमुख मदनसुन्दर श्रेष्ठले बताए। जिल्लामा सङ्क्रमित र मृत्युदर सबैभन्दा बढी छ। रासस
प्रतिक्रिया दिनुहोस्