सामाजिक दुरी र मास्क लगाउनु पर्दा बालबालिकामा प्रतिरोधात्मक क्षमता कमजोर भयो : रिपोर्ट
एजेन्सी। लामो समय सामाजिक दुरी कायम गर्दा र मास्क लगाउनु पर्दा बालबालिकामा प्रतिरोधात्मक क्षमता कमजोर बनेको एक अध्ययनले देखाएको छ। विगत १५ महिनादेखि बालबालिका घरभित्रै बस्दा र मास्कको प्रयोग गर्दा भाइरल जस्ता रोगको सामना बालबालिकाले गर्नु परेको छैन। यसको सम्पर्कमा नआउँदा बालबालिकाको शरीरमा प्रतिरोधक क्षमता बन्न नसकेको रिपोर्ट बेलायती अखबार गार्जियनले प्रकाशित गरेको छ।
प्रतिक्रिया दिनुहोस्