ब्राजिलमा एकैदिन साढे २५ लाखभन्दा बढीलाई लगाइयो कोरोनाको खोप
एजेन्सी। ब्राजिलमा एकै दिनमा २५ लाख ६१ हजार ५५३ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ। गत शुक्रबार ब्राजिलमा उक्त संख्यामा खोप लगाइएको हो। पछिल्ला दिन ब्राजिलमा कोरोना विरुद्धको खोप लगाउने व्यापक अभियान नै सञ्चालन गरिएको छ। ब्राजिलमा अहिलेसम्म ८ करोड ४० लाख मानिसलाई खोपको पहिलो डोज दिइएको छ। ६ करोडभन्दा बढीले पहिलो र दोस्रो दुवै डोज लगाएका छन्।
प्रतिक्रिया दिनुहोस्