अक्सिजन प्लाान्ट नल्याउने आपूर्तिकर्तामाथि कारबाही जाजरकोट। दुई पटकसम्म म्याद थप्दा पनि अक्सिजन प्लान्ट नल्याउने आपूर्तिकर्तालाई स्वास्थ्य सेवा कार्यालय जाजरकोटले कारबाही गरेको छ। अक्सिजन प्लान्ट निर्माणको ठेक्का सम्झौता गरेको नेपटेक मेडिकल सप्लायर्स काठमाडौंलाई ठेक्का सम्झौता तोड्दै धरौटी जफत गरिएको छ। सप्लायर्सलाई कालोसूचीमा राख्न खरिद अनुगमन कार्यालय काठमाडौंमा सिफारिस समेत गरिएको छ। सो सप्लायर्सले १५ जेठभित्र अक्सिजन प्लान्ट जडानको ठेक्का लिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्