बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली बाँके। कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेमा अहिले अवस्था सामान्य भएको छ। हाल यहाँका अस्पतालमा ७४ जना बिरामी मात्र उपचाररत छन्। कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत७४ मध्ये बाँके जिल्लाका१३ जनामात्रै रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले बताए। उनका अनुसार बाँकेमा सङ्क्रमणदर घट्दै गएपछि अस्पतालमा कोराना बिरामीका लागि छुट्याइएका शय्या खाली हुँदै गएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्