स्याङ्जामा थपियो असार १५ गतेसम्म निषेधाज्ञा रासस। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक सूचना जारी गर्दै यसअघि कायम रहेको निषेधाज्ञालाई बढाएर असार १५ गतेसम्म थप गरेको जनाएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार निषेद्याज्ञा थप गरेको सूचनामा उल्लेख छ। गत वैशाख २१ गतेदेखि सुरु भएको निषेधाज्ञा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि थप गर्दै लगिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्