चीनबाट ४० लाख डोज कोरोना खोप ल्याउने कार्य आजबाट सुरु
काठमाडौं।नेपालले चीनबाट ४० लाख डोज कोरोना खोप ल्याउने कार्य आजबाट सुरु गर्दैछ।नेपाल एयरलाइन्सको जहाजले ६ उडानमा ती खोप काठमाडौं ल्याउनेछ।पहिलो खेप लिन नेपाल एयरलाइन्सको जहाज आज दिउँसो चीनको बेइजिङतर्फ जाँदैछ।नेपाल वायु सेवा निगमका अनुसार जुलाई ८, ९, १५, १६,२२ र २३ दिन खोप दिन नेपालबाट जहाज जाने छ। यसअघि चीनबाट १८ लाख खोप नेपालले अनुदान सहयोगका प्राप्त गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस्