यी चारवटा केन्द्रबाट विद्यार्थीहरुलाई लगाइँदैछ कोरोना विरुद्धको खोप
काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी६०हजार विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोप दिने भएको छ। स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले परीक्षामा सहभागी विद्यार्थीहरुले अनिवार्य रुपमा प्रवेश पत्र देखाएर खोप लगाउन पाउने बताए। परीक्षार्थीले उपत्यकामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी अस्पताल साथै चक्रपथस्थित राधास्वामी आइसोलेसन केन्द्रमा खोप लगाउन सक्ने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्