कोरोना भाइरसको त्रासले इटालियन सिरी 'ए' का तीन खेल स्थगित

काठमाडौं। चीनसहित विभिन्न देशमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको भयका कारण इन्टर मिलान र साम्पडोरियासहित इटालियन सिरी ‘ए’ का तीन खेल स्थगित भएका छन्।

इटालीका प्रधानमन्त्री ज्युसेप कोन्टेले खेल स्थगित हुने घोषणा गरेका थिए।

‘‘खेलकुद मन्त्री भिन्सेन्जो स्पडाफोरा भेनेटो र लोम्बार्डी क्षेत्रमा आयोजना गरिएको सबै खेलकुद कार्यक्रम स्थगित गर्न चाहन्छन्,’’ प्रधानमन्त्री कोन्टेले भनेका छन्।

इन्टर र साम्पडोरियासँगै एटलान्टा र सासउलो तथा हेलास भेरोना र काग्लियरीबीचको खेल पनि स्थगित भएको छ।

इन्टर मिलानले ट्वीटरमार्फत खेल तालिका सरेको घोषणा गरेको थियो। शनिबार अघि अन्य फुटबल खेलहरू पनि स्थगित भएका थिए।

लोम्बार्डीकी एक महिलाको कोराना भाइरसबाट मृत्यु भएपछि इटालियन सरकारले उक्त कदम चालेको हो।

इटालीमा कोराना भाइरसबाट मृत्यु हुने उनी दोस्रो व्यक्ति हुन्।

गएराति नै सम्पन्न अन्य खेलमा साविक विजेता युभेन्टसले स्पाललाई २-१ ले हरायो।

युभेन्टसका लागि क्रिष्टियानो रोनाल्डो र एरोन राम्सेले गोल गरेका थिए भने स्पालका लागि आन्द्रे पेटाग्नाले पेनाल्टीमा गोल गरेक थिए।

बोलोग्ना र युडिनेसले १-१ को बराबरी खेल्दा नापोलीले ब्रेससियालाई २-१ ले पराजित गर्‍यो।

प्रतिक्रिया दिनुहोस्