दर्शकबिनाको खेल, इन्टर मिलानलाई हराउँदै युभेन्टस शीर्ष स्थानमा
काठमाडौं। कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमका कारण खाली रंगशालामा खेलिएको खेलमा युभेन्टस गएराति उपाधि प्रतिद्वन्द्वी इन्टर मिलानलाई २-० ले पराजित गर्दै इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ।

इटालीमा कोरोना भाइरस संक्रमणका कारण ३ अप्रिलसम्म सबै खेल खाली रंगशालामा खेलिनेछ।

इटालीमा ७ हजार ३७५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने ३६६ जनाको मृत्यु भइसकेको छ।

एरोना राम्से र पाउल डिबालाले गरेको गोल युभेन्टसलाई जिताउन पर्याप्त बन्यो।

जितसँगै युभेन्टसले शीर्ष स्थानमा एक अंकको अग्रता बनाएको छ। युभेन्टसको ६३ अंक छ।

जुन दोस्रो स्थानको लाजियोको भन्दा एक अंकले कम हो भने तेस्रो स्थानमा रहेको इन्टर मिलानको भन्दा नौ अंकले कम हो।

क्रिष्टियानो रोनान्डो भने गोल गर्न असफल भए। गत १० नोभेम्बरपछि रोनाल्डोले गोल नगरेको यो पहिलो पटक हो।

राम्सेले ५५औं मिनेटमा अग्रता दिएका थिए भने डिबालाले ६७औं मिनेटमा अग्रता दोब्बर बनाए।

इन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेले उत्कृष्ट लयमा हुँदा पनि गोल गर्न नसकेको बताए।

‘‘आजको खेल सन्तुलित थियो। हामीले दोस्रो हाफमा पनि राम्रो खेलेका थियौं। तर, हामी उत्कृष्ट लयमा हुदाँ पनि गोल गर्न चुक्यौं,’’ कोन्टेले भने, ‘‘स्कोरबोर्डमा मात्र होइन हाम्रो टीम शारिरीक र मानसिक दुबै रुपमा कमजोर देखियो। यसबाट हामी माथि उठ्नुपर्छ। यो नतिजाबाट म निराश छु।’’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्