काठमाडौं। विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण इन्डियन प्रिमियर लिग (आइपीएल) ढिलागरी शुरू हुने भएको छ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण प्रतियोगिता अप्रिल १५ गतेसम्मका लागि सारिएको बीसीसीआईका मानार्थ सचिव जाय शाहले बताएका छन्। यसअघि आइपीएल–२०२० मार्च २९ बाट शुरू हुने भनिएको थियो।
बीसीसीआईले ‘महामारी’का रूपमा फैलिएको कोरोना भाइरस संक्रमणविरुद्ध सावधानी अपनाउन प्रतियोगिताको मिति परिवर्तन गरिएको जनाएको छ। “बीसीसीआई सबै सरोकारवालाहरू र सर्वसाधारण नागरिकको स्वास्थ्यप्रति सचेत र चिन्तित छ। आइपीएल र यससँग जोडिएकाहरूलाई सुरक्षित क्रिकेटको अनुभव दिलाउन यस्तो कदम चालिएको छ”, बीसीसीआईको विज्ञप्तिमा भनिएको छ, “बीसीसीआईले भारतीय सरकार, युवा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालय र प्रान्तीय सरकारहरूसँग निरन्तर सहकार्य गरिरहेको छ।”
विश्व स्वास्थ्य संगठनले ‘माहामारी’ घोषणा गरेपछि भारत सरकारले कुटनीतिकबाहेक सबैको भिसा निलम्बन गरेको थियो। कोरोना भाइरस संक्रमणकै कारण युईएफए च्याम्पियन्स लिग, एनबीए, इटालियन सिरी ‘ए’ लिग, स्पेनिस ला लिगा, नेपालकै एभरेष्ट प्रिमियर लिगलगायतका प्रतियोगिताको तालिका प्रभावित भइसकेको छ।
" /> काठमाडौं। विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण इन्डियन प्रिमियर लिग (आइपीएल) ढिलागरी शुरू हुने भएको छ।कोरोना भाइरस संक्रमणको जोखिमका कारण प्रतियोगिता अप्रिल १५ गतेसम्मका लागि सारिएको बीसीसीआईका मानार्थ सचिव जाय शाहले बताएका छन्। यसअघि आइपीएल–२०२० मार्च २९ बाट शुरू हुने भनिएको थियो।

">