विपत्तीको रूपमा शुरु भएको कोभिड-१९ महामारी चीनका लागि रणनीतिक अवसर बन्दैछ। उसका निम्ति यो इतिहासमा बिरलै हुने मोड बन्दैछ। महामारी शुरु भएलगत्तै मुख्यभूमि चीनको राजनीतिक स्थिरताको चुनौती बनेको हङकङको प्रदर्शन भौतिक रूपमा असम्भव भएको छ। सबैभन्दा महत्वपूर्ण त कोरोना भाइरसलाई कसले छिटै पराजित गर्नसक्छ भन्ने विश्वव्यापी प्रतिस्पर्धा शुरु भएको छ जसका लागि चीन र चिनियाँ कम्युनिष्ट पार्टी सबैभन्दा बेग्लै तरिकाले तयार थिए।
भाइरसको संक्रमण फैलिन थालेसँगै बेइजिङका साँचा प्रतिस्पर्धी पश्चिमा समाजसँग आफ्ना हरेक नागरिकलाई एउटै लक्ष्यका लागि संगठित गर्ने क्षमता छैन भन्ने स्पष्ट भयो। यसको ठ्याक्कै विपरीत चिनियाँ समाज भने धेरै हदसम्म क्रान्तिकारी समाज हो। सामान्य अवस्थाका लागि बनाइएको चिनियाँ राजनीतिक प्रणालीले यो संकटमा पनि काम गर्यो। चिनियाँ समाज गतिशिल सेना हो जसले आवश्यक परेको बखतमा एकैपटक सबथोक त्यागेर एउटै दिशामा लम्किन सक्छ।
माओले एक पटक भनेका थिए, ‘स्वर्ग मुनि रहेका हरेक ठाउँमा खलबली छ, परिस्थिती उत्तम छ।’ र वर्तमान पनि बेइजिङबाट हेर्दा माओले भनेजस्तै देखिन्छ। विभिन्न देशमा छरिएका चिनियाँ कुटनीतिज्ञहरूले परिस्थितिलाई आफ्नो पक्षमा पार्न भरमग्दुर प्रयास गरिरहेछन्। माथिल्लो पंक्तिको नेतृत्वबाट प्राप्त निर्देशन पछ्याउँदै उनीहरूले अमेरिकाको असफलता देखाउन सञ्चारमाध्यमको उपयोग गरिरहेका छन्। उनीहरूले चीनले एउटै प्रयत्नमा पाएको सफलतालाई अमेरिकी शहर र अस्पतालको भिडभाडसँग तुलना गरिरहेछन्।
अमेरिका आफ्नै अप्ठ्यारामा अल्झिरहेको बेलामा खासगरी युरोपका प्रभावित देशहरूलाई मेडिकल सहयोग उपलब्ध गराएर चीनले कोरोना भाइरस लडाईँ जित्ने केही टिप्पणीकारहरूको विश्लेषण छ। तर उनीहरूले महत्वपूर्ण पाटो छुटाइरहेका छन्।
चिनियाँ कम्पनीहरूले मेडिकल सामग्री उपलब्ध गराएका देशहरूमा पनि कोरोना संक्रमितको संख्या बढ्दो छ। यसको उदाहरण स्पेन, नेदरल्याण्ड्स र टर्की जस्ता देश हुन् जहाँ सामान्य अवस्थामा उपलब्ध हुने स्वास्थ्य सेवा संकटमा परेको छ। आफ्ना प्रयत्नहरूको व्यापक प्रचार बाहेक चीनले खासै परिवर्तन ल्याउन सकेको छैन।
‘मास्क कुटनीति’लाई बिर्सिऊँ। यो ध्यान भाँड्ने कामभन्दा अरू केही होइन। अहिले कायम रहेको विश्वव्यवस्थालाई उल्टाउन चीनले कोरोना भाइरस महामारीलाई उपयोग गर्ने अरू पनि तरिका छन्। मैले तीनवटा मुख्य प्रयत्न देख्छु।
मोटो ढंगमा भन्दा, वर्तमान विश्वव्यवस्था परिवर्तन हुन सक्दैन भन्ने मान्यता सधैँभरी रहिरहेथ्यो किनभने विगतमा भएका युद्धहरू क्षणिक थिए र विश्व युद्ध असम्भव थियो। तर, कोभिड-१९ को विश्वव्यापी महामारी र जलवायु परिवर्तन महायुद्ध समान हुनेछन्।
पहिलो, चीन र अरू देशका परिस्थितीबीचको प्रत्यक्ष तुलना। प्रकोपको स्तरको तुलनामा चिनियाँ अधिकारीहरूले निकै कम मात्रै क्षति भएको तथ्यांक देखाएका छन्। यसले उनीहरूले तथ्यांकहरू लुकाइरहेछन् भन्ने देखाउँछ। यद्यपि छोटो समयमा स्थितिमाथि नियन्त्रण पाएको भने सोह्रै आना सत्य हो। यदि संयुक्त राज्य अमेरिकाले चीनले जसरी स्थितिलाई नियन्त्रणमा लिन सकेन भने उसको प्रतिष्ठा गुम्ने छ। संसारभरका मानिसहरू उसको शक्ति र क्षमताबारेको आफ्नो विश्वास फेर्नेछन्।
दोस्रो प्रयत्न औद्योगिक मूल्य शृंखलासँग जोडिन्छ। पछिल्लो महीना जनरल मोटर्स, फोर्ड र फियाट क्राइस्लरले अमेरिका र क्यानडाभर रहेका आफ्ना अटोमोबाइल उत्पादन प्लान्टहरू बन्द गरे। अरू क्षेत्रले पनि त्यसैलाई पछ्याए। अर्कोतर्फ चीनले एउटा प्रान्तमा महामारीको चरम रूपको सामना गरिरहँदा अन्य प्रान्तमा आर्थिक गतिविधी चालु नै राख्यो। पछिल्ला तथ्यांकहरूले चीनमा देशैभर र संसारभर चिनियाँ सामग्रीको व्यापार बढिरहेको देखाउँछ। युरोप र अमेरिकामा आर्थिक गतिविधी ठप्प हुने क्रम अझै लामो भए बजार हिस्सामा चिनियाँ कम्पनीहरूको पकड नाटकीय रूपमा बढ्नेछ। उनीहरूले पश्चिमा देशको नेतृत्वमा रहेको मूल्य शृंखला कब्जा गर्नेछन्। २ अप्रिलमा मात्रै चिनियाँ अधिकारीहरूले संकुचन हुने अनुमान गरिएको उत्पादन गतिविधी मार्चमा बढेको तथ्य सार्वजनिक गरे। फेब्रुअरीमा पर्चेजिङ म्यानेजर्स इन्डेक्स ३५.७ रहेकोमा मार्चमा ५२ पुग्यो। चिनियाँ हस्तक्षेपको विश्वव्यापी तरंगका लागि तयार बनौं।
तेस्रो प्रयत्न जटिल अवस्थासँग सम्बन्धित छ। कोभिड-१९ महामारीको चरममा महत्वपूर्ण देशहरूले आर्थिक धक्का खान सक्छन् जसले सामाजिक र राजनीतिक विघटन निम्त्याउनेछ। ठ्याक्कै त्यहीबेला चीनसँग अरू कसैसँग नभएको अवसर हुनेछ। उसले सहयोग उपलब्ध गराएर ती देशलाई आफू अनुकुल बनाउनेछ। दोस्रो विश्वयुद्धपछि मार्सल प्लान लागू गरे अमेरिकी विश्वव्यवस्था शुरु भएको परिघटना दोहोर्याउनेछ चीनले। इन्डोनेसिया, दक्षिण एशिया र रुस समेत चीनको विशेष स्वार्थ घेरामा पर्नेछन्।
दुई विपरित भूराजनीतिक संरचनाबीच प्रतिस्पर्धा शुरु भएको छ भन्ने हामीलाई थाहा थियो तर यो प्रतिस्पर्धाको पृष्ठभूमि के हो भन्ने कहिल्यै स्पष्ट थिएन। पश्चिमा नियम र सिद्धान्तमा आधारित रहेर बनेका वर्तमान विश्व व्यापार र वित्तीय प्रणालीभित्र रहे द्वन्द्व शुरु भयो भने पक्कै जितिन्छ भन्नेमा संयुक्त राज्य अमेरिका ढुक्क छ। तर, यो द्वन्द्व तटस्थ पृष्ठभूमिमा भयो भने के हुन्छ नि? कुनै पनि नियम वा शासन नभएको, खलबलीपूर्ण र कसैको एकहत्ती नभएको पृष्ठभूमिमा यो द्वन्द्व शुरु भयो भने के हुन्छ ? यसको परिणाम पक्कै पनि अनिश्चित छ।
मोटो ढंगमा भन्दा, वर्तमान विश्वव्यवस्था परिवर्तन हुन सक्दैन भन्ने मान्यता सधैँभरी रहिरहेथ्यो किनभने विगतमा भएका युद्धहरू क्षणिक थिए र विश्व युद्ध असम्भव थियो। तर, कोभिड-१९ को विश्वव्यापी महामारी र जलवायु परिवर्तन महायुद्ध समान हुनेछन्। विश्व राजनीतिमा तिनले ल्याउने परिणाम पनि महायुद्ध सरह नै हुनेछ।
(हार्वड विश्व विद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधी गरेका मेसाइज पोर्चुगलका पूर्व राजनीतिशास्त्री पनि हुन्। चीन र पश्चिमा देशबीचको सम्बन्धका जानकार उनका दुई पुस्तक ‘डाउन अफ युरेसिया’, ‘बेल्ट एन्ड रोड’ प्रकाशित छन्। उनको अर्को पुस्तक ‘हिस्ट्री ह्याज बिगन’ सेप्टेम्बरमा प्रकाशन हुँदैछ। नेसनल रिभ्युमा ३ अप्रिलमा प्रकाशित यो लेख लक्ष्मण श्रेष्ठले अनुवाद गरेका हुन्।)
" />

">