"> कैलालीस्थित नेपाल-भारत सीमामा सशस्त्र प्रहरीकाे निगरानी (तस्वीरहरू): Dekhapadhi
कैलालीस्थित नेपाल-भारत सीमामा सशस्त्र प्रहरीकाे निगरानी (तस्वीरहरू)
कैलाली। भारतसँग सीमा जोडिएका कैलाली जिल्लाका विभिन्न १४ स्थानमा सशस्त्र प्रहरीले चेक प्वाइन्टहरू स्थापना गरेर निगरानी गरिरहेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीले १०२ किलाेमिटर लामो सिमानामा एक गुल्म र चारवटा बीओपीमार्फत् सुरक्षाका साथै निगरानी गर्दै आएको जानकारी दिएको छ।

कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि थप सातवटा चेक प्वाइन्ट स्थापना गरेर सीमामा आवतजावतका साथै सुरक्षासमेत दिइरहेको गणपति सशस्त्र प्रहरी उपरीक्षक कमल तिम्सिनाले बताए।

सशस्त्र प्रहरीले धनगढी उपमहानगरपालिका-९ बंगराकटान, १० जुगेडा, कैलारी गाउँपालिका-३ खोनपुर, भजनी नगरपालिका-७ हिम्मतपुर, ६ कौवाखेडा, ३ मौरीयाँघाट र टीकापुर नगरपालिका-९ श्रीलंकाटापुमा नयाँ चेक प्वाइन्ट स्थापना गरिएकाे जानकारी दिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्