मानवजाति अहिले कोभिड-१९ को महामारीसँग जुधिरहेको छ। कोरोना समूहको भाइरसले श्वासप्रश्वास प्रणालीलाई असर पुर्याउने रोग हो यो। त्यसो त कोरोना मानवजातिका लागि नयाँ भाइरस होइन। वैज्ञानिकहरूले यसबारे थुप्रै अनुसन्धान गरिसकेका छन्। नोबल कोरोना भाइरस त्यही थाहा भएको कोरोना भारिडि फ्यामिली (कोरोना भाइरस परिवार) अन्तरगत पर्छ। कोभिड-१९ खासमा सार्स-कोभ-२ (SARS-CoV-2) नामक भाइरसले उत्पन्न गर्ने रोग हो। सन् २००२ तिर फैलिएको सार्स भनिने रोग पनि यही परिवारको भाइरसको संक्रमणकै उपज थियो। उक्त समूहको भाइरसको जीनमा उत्परिवर्तन (म्युटेसन) भई यो नयाँ प्रकारको भाइरस बनेको हो तर यसबारे समग्र अनुसन्धान अहिले जारी छ।
यो महामारीसँग जुध्न संसारभरी खासगरी दुईवटा तरिका अपनाइएको छ- भौतिक दूरी र परिक्षण। संक्रमण फैलिन नपाओस् भनेर अपनाइएको भौतिक दूरीको उच्च रूप लकडाउन हो। जसको अभ्यासमा नेपाल अहिले छ। अर्को उपाय हो, संक्रमणको आशंका गरिएका सबैको समयमा परिक्षण र निदान। यो लेखमा यो संक्रमणको परिक्षण कसरी गरिन्छ भन्ने चर्चा गरिनेछ। यसबारे बुझ्न शुरुमा भाइरसबारे सामान्य जानकारी बटुलौं।
भाइरस न त सजीव हो न निर्जीव नै। यसमा सजीव र निर्जीव दुवैको गुण हुन्छ। सजीवको कोषमा डिएनए र आरएनए गरी दुईवटा न्युक्लिक अम्ल हुन्छन्। भाइरसमा कोषको पूर्ण स्वरूप नै हुँदैन। यी दुइ न्युक्लिक अम्ल मध्ये कुनै एकमात्र हुन्छ। यही आधारमा भाइरसलाई डिएनए र आरएनए भाइरस गरी दुई भागमा बाँडिन्छ। नोबल कोरोना भाइरस आरएनए भाइरस हो। पहिला सार्स फैलाएकै भाइरसको आनुवंशिक संरचनामा आएको फेरबदलले यो भाइरसको निर्माण भएको हो।
कुनै व्यक्तिमा यो भाइरसको संक्रमण भए, नभएको जाँच्ने दुईवटा तरिका हुन्छन्- सेरोलोजिकल र मोलिक्युलर।
सेरोलोजिकल परिक्षण (Serological test)
सेरोलोजिकल परिक्षणमा एन्टिबोडिज (antibodies) र एन्टिजेन(antigen)को जाँच गरिन्छ। एन्टिजेन भनेको भाइरस हो। यो भाइरस मानव शरीरमा प्रवेश गरेपछि त्यसविरूद्ध शरीरको रोगप्रतिरोधात्मक क्षमताले एन्टिबडिज भनिने एक प्रकारको प्रोटीन निर्माण गर्छ। यसले नै रोगसँग लड्न सक्ने क्षमतामा वृद्धि गर्दछ। शरीरमा यस्तो एन्टिबोडिज निर्माण भएको छ, छैन भनेर जाँच गर्ने विधि नै सेरोलोजिकल परिक्षण हो। यदि कुनै निश्चित एन्टिबोडिजको जाँच पोजेटिभ देखियो भने हाम्रो शरीरमा कोरोना भाइरसको संक्रमण भएको छ भनेर बुझ्नुपर्दछ। यस परीक्षण विधिमा गलत परिणाम पनि देखिन सक्ने भएकाले यसलाई त्यति विश्वसनीय मानिंदैन। यो परिक्षण एलआइजा (ELISA) प्रविधि बाट गरिन्छ। एलआइजा प्रविधिमा शंकास्पद व्यक्तिको नमुनाबाट(रगत)को सेरम छुट्याइ सम्बन्धित किटमा राखी केहि समयपछी स्पेक्ट्रोफोटोमिटर उपकरणबाट हेरिन्छ।
मोलिक्युलर परिक्षण विधि भन्दा सस्तो भएकाले यो परिक्षण विधि कोभिड-१९ रोगको एउटा महत्वपुर्ण प्रारम्भिक परिक्षण हुनसक्छ। कोरोनाबाट संक्रमित भएको तर कुनै लक्षण नदेखिएको अथवा संक्रमित भई निको पनि भैसकेको छ भने यस्तो अवस्था पत्ता लगाउनको यो प्रभावकारी विधि हुन्छ। कुनै व्यक्तिमा भाइरसको संक्रमण भयो भने हाम्रो शरीरले भाइरसको विरूद्धमा एन्टिबोडिज उत्पादन गर्दछ र यसले नै रोगसँग लड्न सक्ने क्षमता वृद्धि गर्दछ।
मोलिक्युलर परिक्षण (molecular test)
मोलिक्युलर परिक्षणमा बिरामीको नमुनाबाट आर.एन.ए. निकाली आर.टि.पि.सि.आर. (R.T.P.C.R)प्रविधीबाट हेरिन्छ। यो प्रविधीमा व्यक्तिको स्वाबबाट निकालिएको आरएनएलाई सि-डिएनए मा परिणत गरी त्यो जीन वृद्धि गरि भाइरसको जम्मा भार निकाल्न सकिन्छ। सि-डिएनए भन्नाले आर.एन.ए.को एउटा स्ट्रान्डडबाट बनाइएको पूरक डि.एन.ए. हो। यो परिक्षण विधिलाई बढी विश्वासिलो मान्ने पनि गरिन्छ। एकदम थोरै नमुनामा काम गर्नुपर्ने, उपयुक्त मास्टरमिक्स बनाउनुपर्ने भएकोले यो मोलिक्युलर परिक्षण प्रविधी एकदमै दक्ष जनशक्तिबाट मात्र सम्भव हुन्छ। जनशक्ति दक्ष भएन भने नमुनामा संक्रमण हुन सक्ने, राम्रोसँग आर.एन.ए. निस्कन नसक्ने हुन्छ। फलस्वरूप गलत परिणाम देखिन सक्ने प्रबल सम्भावना हुन्छ।
अहिले यदाकदा नेपालमा परिक्षण भइरहेको मोलिक्युलर प्रविधि परिक्षण अन्तराष्ट्रिय स्तरको भएन भन्ने गुनासो सुनिन्छ। यो आरोप सत्य छैन। प्रविधिको प्रकार फरक हुन सक्छ तर यसको सिद्धान्त संसारभरि एउटै हुन्छ। उदाहरणको लागि अमेरिकामा प्रयोग गरिने र नेपालमा प्रयोग गरिने मोलिक्युलर परिक्षणको विधि, प्रविधि तथा यसमा प्रयोग गरिने किट एकै किसिमको हुन्छ तर जनशक्तिको विज्ञतामा भने फरक पर्न सक्छ।
नेपालमा बायोटेक्नोलोजी तथा माक्रोबायोलोजी बिषयका विद्यार्थीहरू यसक्षेत्रका दक्ष जनशक्ति मानिन्छन्। उनीहरूमा सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान दुवै छ। मोलिक्युलर बायोलोजीमा कम जानकारीका कारण मेडिकल डाक्टरहरूमा यसबारे कम ज्ञान हुनु स्वाभाविक हो। अहिले हरेक वर्ष त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयको जैविक प्रविधि विभागबाट करीब ५० जना बायोटेक्नोलोजिष्ट तथा शुक्ष्म विज्ञान विभागबाट करीब ३०० जना माईक्रोबायोलोजिष्टहरु उत्पादन हुन्छन्। सरकारले यी जनशक्तिहरुलाई सही सदुपयोग गर्न सक्यो भने अहिले र भविष्यमा पनि यस्तो खालको महामारीको बेलामा परीक्षण सहज हुन्छ।
त्रिभुवन विश्वविद्यालयको केन्द्रिय जैविक प्रविधि विभागले सुचना नै निकालेर सरकारले पीपीइ र टेस्ट किट उपलब्ध गराइदिएमा नमुना परीक्षणको परिणाम ३/४ घण्टामै दिनसक्छौ भनि खुला सहयोगको आव्हान गरिसकेको छ किनभने अहिले पनि यस विभागमा धेरै प्रकारका भाइरसमा मास्टर थेसिस/पि.एच.डि. स्तरको अनुसन्धान भइरहेको छ। सरकारले अहिले यी दक्ष जनशक्तीको उचित परिचालन गर्न जरूरी छ।
(त्रिभुवन विश्वविद्यालयबाट बायोटेक्नोलोजीमा स्नातकोत्तर गरेका अर्यालका अनुसन्धनात्मक लेखहरू विभिन्न राष्ट्रीय तथा अन्तराष्ट्रीय जर्नलहरूमा प्रकाशित छन्।)
" />मानवजाति अहिले कोभिड-१९ को महामारीसँग जुधिरहेको छ। कोरोना समूहको भाइरसले श्वासप्रश्वास प्रणालीलाई असर पुर्याउने रोग हो यो। त्यसो त कोरोना मानवजातिका लागि नयाँ भाइरस होइन। वैज्ञानिकहरूले यसबारे थुप्रै अनुसन्धान गरिसकेका छन्। नोबल कोरोना भाइरस त्यही थाहा भएको कोरोना भारिडि फ्यामिली (कोरोना भाइरस परिवार) अन्तरगत पर्छ। कोभिड-१९ खासमा सार्स-कोभ-२ (SARS-CoV-2) नामक भाइरसले उत्पन्न गर्ने रोग हो। सन् २००२ तिर फैलिएको सार्स भनिने रोग पनि यही परिवारको भाइरसको संक्रमणकै उपज थियो। उक्त समूहको भाइरसको जीनमा उत्परिवर्तन (म्युटेसन) भई यो नयाँ प्रकारको भाइरस बनेको हो तर यसबारे समग्र अनुसन्धान अहिले जारी छ।

">