स्क्रोल इनमा २९ चैतमा प्रकाशित लेखको अनुवाद।)

" /> स्क्रोल इनमा २९ चैतमा प्रकाशित लेखको अनुवाद।)

"> महामारीको बेला किन हामी लक्ष्यको पछि दौड्न छोड्नुपर्छ: Dekhapadhi
महामारीको बेला किन हामी लक्ष्यको पछि दौड्न छोड्नुपर्छ
“किन तिमीले आफ्नो सामान टाउकोमा बोकिरहेछौ ?”, रेलमा सवार एक यात्रुले अर्कोलाई सोध्यो।

“किनभने यो मेरो आफ्नो सामान हो।”

“तर रेलले त सबैको सामान बोकिहाल्छ नि। यसले तिमीलाई पनि बोकिरहेछ। तिमीलाई आफ्नो सामान आफैँले बोक्नपर्छ भन्ने किन लागिरहेछ हँ ?”

४० वर्ष अघि एउटा आध्यात्मिक बहसमा मलाई यो कथा वा दृष्टान्त सुनाइएको थियो। आज कोभिड–१९ को महामारीको यो दिक्कलाग्दो क्षणमा मलाई यो कथाको फेरी सम्झना आएको छ। म आफैसँग सोध्छु, व्यक्तिगत रूपमा आज हामीले आफैलाई कति जिम्मेवार ठानिरहेका छौँ ? के हामीले संकट आईपर्दा प्रियजनलाई के गर्ने भनेर चिन्तित हुनुपर्छ जबकि हामी आफैलाई थाहा छैन आफैलाई कसरी सम्हाल्छौं ?

यो महामारीको क्षणले मलाई व्यक्ति, उनको ईच्छा र साधनहरूबारे विचार गर्न बाध्य बनाएको छ। यो सत्य हो, हाम्रो लापरवाहीले अरू कसैको कष्ट बढाउँछ। तर के भनिन्छ भने हाम्रा कर्महरूले आफ्ना तनाव भने कम हुन्छन्।

हुन त अहिले यसो भन्दा निकै अस्वाभाविक सुनिन्छ। तर वास्तविकता के हो भने, अहिले हामीले गर्नुपर्ने केही पनि छैन। वास्तवमा अहिलेको अवस्थामा हामीले केही गर्ने भन्दा नगर्ने तर्फ जोड दिनुपर्छ। हामीले अहिले रोकिएका कुनै पनि काम गर्न आवश्यक छैन। बरु जुन काम जहाँ छन्, त्यही रहनदिऊँ। र, आरामले लामो सास फेरौं। हाम्रो यो अल्छ्याँइपनले कसैलाई सहाराविहिन बनाउन सक्छ तर यसले हामीले भोगिरहेको सकसलाई खुकुलो बनाउन सघाउँछ। ठ्याक्कै त्यसैगरी जसरी रेलमा सवार त्यो यात्रुले जब महसुस गरेको थियो, ऊ आफै रेलको बोझ बनिसकेको छ भने कसरी उसले अरू कुनै बोझ उठाएको दाबी गर्नसक्छ ?

समयले हामीलाई आज सम्झाइदिएको छ– हामी आफैँमा पूर्ण र निरपेक्ष व्यक्ति होइनौं बरु जीवनको बृहत्तर सञ्जालको सानो हिस्सा हौं। यो बृहत्तर सञ्जालमा हाम्रो भूमिका पन्छाइएको हुनसक्छ। तर आज हामीले गर्नसक्ने सबैभन्दा ठूलो काम केही नगर्नु हो।

हुन त यो केही नगर्ने भन्ने कुरा नै गलत वा अराजनीतिक सुनिन्छ। तपाईंहरूमध्ये कसैले सोध्न सक्नुहुन्छ, यो हामी भनेर कसलाई भनिएको हो ? र, कसलाई केही नगर्ने सुविधा छ ? यी प्रश्न पक्कै पनि सही र गम्भिर छन्। हामीले समाजमा रहेको असमानताको बोध र मानव जातिमा फैलिएको एकैनासको सन्त्रासबीच सन्तुलन बनाइरहनुपर्छ। यो एकैनासको सन्त्रास हामी कति महत्वहीन छौं भन्ने सन्देश पनि हो।

बन्दाबन्दीका यी दिनहरूमा मैले अर्को एक थोक पनि महसुस गरेँ। त्यो हो, हामीले अहिले लक्ष्य भेटाउनका लागि केही पनि गरिरहेका छैनौं। नभए त हामी यो प्रतिस्पर्धात्मक समाजमा लक्ष्य भेटाउन कुदिरहेका हुन्थ्यौं। तर अहिले केही गरिरहेका छैनौं। हामी मुक्त भएका छौं। हाम्रो खुबी प्रदर्शन गर्ने हुटहुटी, अहं र कतै अस्तित्वहीन बनाइन्छु कि भन्ने डर सबै एकाएक पन्छिएका छन्। त्यसोभए हामीले यी सबै त्यागिहाल्नुपर्छ त ?

यो प्रश्नले मलाई मेरा बुवाले सुनाएको एउटा अर्को कथा सम्झना गराउँछ। यो एउटा मान्छेको कथा हो जसले घोडालाई पानी खुवाउन इनारमा लैजान्थ्यो। इनारमा एउटा घिर्नी थियो जसले चिडचिडाहटपूर्ण आवाज निकाल्थ्यो। अनि घोडाले पानी खान मान्दैनथ्यो। मेरो बुवाले निष्कर्ष निकाल्नुहुन्थ्यो, “पुट्टा, टिक टिक भी हलन्दी, पानी भी पियानो आ।”

सिन्धी भाषाको यो वाक्यको अर्थ हुन्छ, छोरी, चिडचिडाहटपूर्ण आवाज त आइरहन्छ तर पानी खान छोड्नुहुँदैन। दुवै जीवनका अंग हुन्। दुवै जीवनका पक्षहरू हुन्। त्यसैले हामीले मृत्युको कोलाहल विरुद्ध केही त गर्नैपर्छ तर हाम्रो कर्मले कुनै परिवर्तन ल्याउँछ भन्ने दृढनिश्चयका साथ होइन।

यो क्षण आफ्नै निम्ति हामीभित्र के छ भनेर खोतल्ने समय पनि हो। के कुनै संगठित धर्म वा आध्यात्मिकताबिना हामीभित्र हाम्रा लागि चाहिने केही हुनु सम्भव छ ?

हामीले सम्भवतः आफू हुनुको कल्पना गर्न सक्छौं र मानव जातिलाई आफूजस्तै शरीरहरूको जमघटको रूपमा लिन्छौं। एक शरीरको अस्तित्व अर्कोसँग पक्कै पनि फरक पर्छ र त हामीले यस्तो कठिन समयको सामना गर्न एकजुट हुनुपर्छ।

आफ्नो अस्तित्व शरीरसँग जोडिन्छ भन्ने बोधले हामीलाई अर्कोको शरीरको पनि सम्मान गर्न सम्झाउँछ। हाम्रोजस्तो सोपानीकृत समाजमा उच्च वर्गकाले दिमागी काम आफ्नो निम्ति राखेर बाँकी जति दलित, हिस्पानिक (स्पेनिश भाषा बोल्ने दक्षिण अमेरिकी) र अश्वेतहरूको निम्ति छुट्याउँछन्। दिमागी काम अहिले निलम्बनमा परेको छ। के जन्मँदै परिष्कृत मस्तिष्क नभएको (त्यस्तो हुन्छ भन्ने दावी उच्च जात–वर्गको हुन्छ) मा हामीले गर्व गर्नुपर्ने स्थिति आएको हो ?

अन्तिममा म कवि नरसिंह मेहतालाई सम्झिन्छु। उनको शक्तिशाली कविता ‘अखिल ब्रह्माण्ड मा’ मा उनले विभिन्न आकार प्रकारमा पाइने जीवन शक्तिको चर्चा गर्छन्। त्यसमध्ये एक त धुलो हो।

(गुजरातकी कोठारी गुजराती र अंग्रेजी भाषी लेखक हुन्। स्क्रोल इनमा २९ चैतमा प्रकाशित लेखको अनुवाद।)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्