पर्यटक लोभ्याउन आफूलाई सिँगार्दैछ खप्तड (तस्वीरहरू)

कैलाली। खप्तड क्षेत्र सुदूरपश्चिमका चार पहाडी जिल्ला बझाङ, बाजुरा डोटी र अछामको संगमस्थल हो।

५० वर्ष पहिले खप्तडबाबाले तपस्या गरेको पवित्र ठाउँको रूपमा परिचित खप्तड क्षेत्रलाई भू-स्वर्गका रूपमा लिइन्छ। खप्तड क्षेत्र समुद्र सतहबाट २४०० देखि ३७०० मिटरसम्मको उचाइमा फैलिएको छ।

खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यसवरपर २२ वटा पाटन छन्। खप्तड बाबाको कुटी, त्रिवेणी धाम, खापर दह, शिव मन्दिर, सहस्रलिङ्ग, गणेश मन्दिर, नागढुंगा, केदारढुंगाजस्ता धार्मिकस्थलहरू रहेको खप्तड आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्ने स्थल हो।

खप्तड घुम्ने सिजन अब शुरू हुँदैछ। नयाँ वर्षको आगमनसँगै खप्तड क्षेत्र पनि मनमोहक देखिएको छ।

खप्तडले पर्यटक लोभ्याउन आफूलाई सिँगारिरहेझैं देखिन्छ। तर, त्याे दृश्य हेर्ने र पाटन तथा थुम्काहरूमा रमाउने पर्यटक भने छैनन्।

अहिले देश समस्यामा छ, कोभिड-१९ फैलन नदिन लकडाउन गरिएको छ। त्यसैले खप्तडको मनोरम दृश्य नियााल्न पर्यटकहरू पुग्न सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्