मोबाइलको स्क्रीनमा खोज्दै छु, सूचना, जानकारी, समाचार, हल्ला वा यस्तै केही। यो बन्द समयमा खुब साथ दिएको छ मोबाइलले। धन्यवाद दिन्छु मार्क जुकरवर्गलाई एकफेर, फेसबुकको भित्तो बनाइदिएकोमा। दिनभरी यसैको भित्तालाई तलमाथि स्क्रोल गर्दै घटाइरहेछु लकडाउनको आयु। फलानो देशमा यति मरे, उति संक्रमित भए आदि-इत्यादी जानकारी पढ्छु मन नलागीनलागी। भित्तामा देखिन्छ नेपालमा ५ जना पुगे संक्रमित। केही दिनमा फेरी लेखिन्छ, ९ जना पुगे। अनायास आफैलाई छाम्न पुग्छु। अलिकति डर लाग्छ। फेरि ढुक्क हुन्छु। अझैसम्म सुरक्षित छु भनेर ढाडस दिन्छु आफैँलाई। संकटको बेला बाँच्नु पनि कम्ता ठूलो विजय होइन रहेछ।
लाग्छ, समय आफै सुतिरहेछ क्वारेन्टाइनमा यतिखेर। सोच्दा, अनौठो लागेर आउँछ। कसरी सिंगै संसार एकैचोटी थुनिन सकेको होला भय र त्रासदीको अँध्यारोमा? आफैलाई प्रश्न गर्छु, आँखाले देख्नै नसकिने यति सुक्ष्म भाइरसले कसरी तर्साउन सकेको होला है यो दुनियाँलाई एकसाथ? कस्तो सिल्ली प्रश्न ! गाली गर्छु आफैलाई। काठमाडौं छोड्दा ब्यागमा राखेका दुई थान किताब उहिल्यै सकिए पढेर। किन्डलमा राखेको एउटा उपन्यास पनि सकियो। केही थान चाइनिज फिल्म, केही थान कोरियन र केही अंग्रेजी फिल्महरू पनि सकिए। हुँदा-हुँदा केही एपिसोड सिरिजहरू पनि हेरियो। अब गर्ने के? घर अगाडिको हाइवे हेर्छु, मुखबाट अनायास निस्कन्छ- उफ्। मान्छे नहिँड्ने बाटो त पूरै मसानघान जस्तो हुनेरहेछ। एकदम चुपचाप। एकदम सन्नाटा।
के यो महाविपत्तिबाट बाहिर निस्कन सकिएला र कहिल्यै? एक्कासी प्रश्न आउँछ मनमा। कता-कता चिसो अनुभूत गर्छु आफैँ। प्रश्न शंका पनि हो। प्रश्न डर पनि। म डराउँछु आफ्नै प्रश्नसँग।
सम्झने कोशिस गर्छु, २०७२ सालको भुकम्प। त्यो भागाभाग। त्यो खुला आकाशमुनिको बास। फेरि सम्झन्छु, भुकम्पपछिको राजधानी। राजधानीको उस्तै चहलपहल। सोच्दासोच्दै ठोकिन पुग्छु इतिहासमा। इतिहासका घटनाहरूमा। मानवजातिले यस अगाडि भोगेका महाविपत्ती र संकटहरूमा। प्लेग, सार्स, इबोला यी त महामारी थिए कुनै बेला। अलिकति शान्त हुन्छ मन। अक्सर विगतको स्मरणले हौसला दिनेरहेछ वर्तमानमा। सभ्यताको पिँधमा गाडिएका यस्ता थुप्रै महाविपत्तिका कंकालहरूले बताउने रहेछन् मान्छेको विजयी यात्रा।
लकडाउनको यो समय पुतलीको जीवन चक्रमा हुने प्युपा अवस्था जस्तो लागिरहेछ। बाहिरबाट हेर्दा पुरै स्थिर र गतिहिन। कुनै खोलभित्र लुकेजस्तो। भित्रभित्रै नयाँ जीवनको तयारी गरिरहेको। हो नि, यो प्युपा अवस्थाबाट फेरी मानव जगत बाहिर निस्कनेछ र पुतलीजस्तै फुर्रुर उड्नेछ।
जब-जब आस्था, विश्वास र आशाको प्रसंग आउँछ, म सम्झिहाल्छु मेरा प्रिय लेखक अर्नेष्ट हेमिंग्वेको बुढो माझी। त्यो बुढो माझी जो लडिरहन्छ समुद्री तुफानहरूसँगै। म तुलना गर्छु। यो कोरोना भाइरसविरुद्धको लडाइँ पनि सायद त्यस्तै केही हुनुपर्छ। म आफूलाई पनि हेमिंग्वेको त्यही बुढो माझी ठान्छु। जो ध्वस्त हुनसक्छ तर कहिल्यै पराजित हुँदैन। नोबल कोराना भाइरसविरुद्धको लडाइँमा पनि मानवजाति केही हदसम्म क्षतविक्षत होला तर पराजित हुनेछैन। यस्तै संकट र महाविपत्तीहरू मानव सभ्यताका खुड्किलाहरू हुन् जसलाई पार गर्दै हामी यहाँसम्म आइपुगेका छौं।
एक्कासी सडकबाट आएको एम्बुलेन्सको साइरनले झसंग हुन्छु। झ्यालबाट उफ्रिन्छन् आँखा। सडक उसैगरि लम्पसार छ। मानौं लामो थकाई बिसाईरहेछ सडकले पनि यतिखेर। सडक अर्थात् बाटो। जसले मान्छेलाई गन्तव्यसम्म पुर्याउँछ। तर, यतिखेर सडकमा निस्कनु मान्छेका निम्ति सबैभन्दा खतरनाक बनिरहेछ। एउटा महामारीको खतरा। खतरा अर्थात् कोभिड-१९। एउटा उटपट्याङ विचार मडारिन्छ दिमागमा- संसारभरीका हामी सबै मान्छेहरू एकैपटक मरिगए के हुन्छ होला? एकछिन सोच्छु, अहँ हुँदैन। मसँग हुँदेन कुनै उत्तर। फेरी अर्को प्रश्न गर्छु आफैसँग। संसारका सबै मान्छे मरेर म मात्रै बाँचे भने के हुन्छ होला? कस्तो स्वार्थी सोच। हकार्छु आफैँलाई हठात्। कल्पना त हो। साँचो हो र थोरै? के फरक पर्छ र सोच्दैमा? कल्पना गर्न थाल्छु। एक्लै बाँचे भनेँ यो गर्छु, त्यो गर्छु। लामो लिस्ट तयार हुन्छ मनमा। तर, ठ्याक्कै चित्त बुझाउन सकिने कुनै उत्तर भेट्दिन आफूसँग।
सायद सुसाइड गर्छु होला म पनि। आफूजस्तै अर्को मान्छे अगाडि नभएपछि, ‘हेर न म त बाँचेछु’ सुनाउनलाई कोही नभएपछि एक्लै त म पनि किन पो बाँच्छु होला र?
फेरी सोच्न थाल्छु। हो त, केही दिनको यो ‘लकडाउन’मा घरभित्र बसिरहन त यत्रो सकस छ मलाई। कसरी एक्लै बाँच्न सकिन्छ होला र यो दुनियाँमा? म मात्र किन, सायद कोही पनि सक्दैन होला। मान्छेलाई त बोल्नुपर्छ। आफ्ना अनुभुती, विचार अरूलाई सुनाउनुपर्छ। अरूको सुन्नुपर्छ। कहिले झगडा गर्नुपर्छ। कहिले प्रेम गर्नुपर्छ। मान्छेलाई त धेरथोक पो गर्नुपर्छ बाँच्नलाई। कहाँ चुपचाप एक्लै बसिरहन सक्छ र मान्छे? मान्छेलाई आफ्ना भोगाई र सुस्केरा, गीत र कविता, हाँसो र खुशी, दुःख र सुख, गीत र कविता, कथा र विचार सुनाउन आफूजस्तै अर्को मान्छे चाहिन्छ। लगाएको कपडा सुहाए, नसुहाएको भनिदिने अर्को मान्छे चाहिन्छ। पकाएको खाना मिठो, नमिठो भएको बताइदिने अर्को मान्छे चाहिन्छ। उसलाई आफू दुब्लाएको वा मोटाएको अर्को मान्छेको मुखबाट सुन्न चाहन्छ। यसो सोचिल्याउँदा त मान्छे आफ्नो निम्तिभन्दा बढी अरूको निम्ति बाँच्दोरहेछ। आफूजस्तै अर्को मान्छेको उपस्थितिबिना कसैको पनि अस्तित्व प्रमाणित नहुँदोरैछ। त्यसैले पो मान्छेलाई सामाजिक प्राणी भनिएको हो कि?
यस्तै अनेक-अनेक चाहिने, नचाहिने गन्थन खेलिरहन्छ दिमागमा। कामधन्दा नगरी यसरी घरभित्रै थुनिएर बस्दा त केके आउँछ मस्तिष्कमा। मस्तिष्क न हो आखिर, कहाँ एन्टोभ चेखवका कथाहरूमा जस्तो सिलसिलेवार चटक्क मिलेको प्लट हुन्थ्यो र !मस्तिष्कमा निमेषमै आग्राको कुरा खेल्छ, निमेषमै गाग्राको। ठूला-ठूला चिन्तकहरूको दिमागमा पनि शुरुमा त यस्तै उट्पट्याङ विचार नै खेल्छन् होला है? विचराहरू कति कसरत गरेर मिलाउँदा हुन् दिमागका खैलाबैलाहरूलाई। र, लेख्दा हुन् सुन्दर किताबहरू। झल्यास्स सम्झिन्छु, अर्का प्रिय लेख मार्खेज र उनको बहुचर्चित कृति ‘हन्ड्रेड इयर्स अफ् सोलिच्युड।’ मान्छेले जे-जे सोच्छ, त्यो जस्ताको तस्तै अटोमेटिक टाइप हुने भए कस्तो हुन्थ्यो होला है? मरिमरि हाँस्थे होलान् अहिलेका चर्चित लेखकहरू आफ्नै मस्तिष्का छायाँ कपि पढेर। यस्ता छाया कपि एकफेर जस्ताको तस्तै छाप्ने हो भने कस्तो हुन्थ्यो होला? साँच्ची कस्तो हुन्थ्यो होला अरून्धती रोयको उपन्यास वा रोमिला थापरको इतिहास?

एक साँझ यसैगरी अन्टसन्ट सोच्दै बसिरहेको हुन्छु बार्दलीमा। अचानक टक्क अडिन्छु। हेरिरहन्छु केहीबेर पर क्षितिजमा कतै डुब्दै गरेको घाम। अब अँध्यारो हुन्छु, म सतर्क हुन्छु। अँध्यारो एउटा नमिठो अनुभुती। एउटा अप्रिय स्वागत।
लाग्छ, उडेर कतै टाढा पुगिहालुँ। यो अँध्यारोभन्दा पर। तर कहाँ? यो बेला त भूगोलको हरेक कुनामा खसिरहेछ खातका खात अँध्यारो। अनन्तसम्म कुदिरहेछ मृत्यु। कुनै पनि बेला आफ्नै हातहरू समेत भइदिनसक्छन् आफ्नै मृत्युका हतियार। घोप्टिन्छु मोबाइलको स्क्रीनमा। दिक्क लाग्छ देखेर आरोप-प्रत्यारोपको दोहोरी। कसरी सक्छन् होला मानिसहरू यस्तो संवेदनशील घडीमा पनि, पक्ष र प्रतिपक्षको राजनीति खेल्न। फेसबुकको भित्ताहरू स्क्रोल गर्दा यस्तो प्रतित हुन्छ, मान्छेहरू भयको व्यापार चलाईरहेछन्। अभावको तमाशा बेचिरहेछन्।
सामाजिक सञ्जालमा भेटिने कोरोना भाइरससँग जोडिएका ठट्टा, मजाक र ट्रोलहरू हेर्दा मन अमिलो भएर आउँछ। मृत्यु जस्तो संवेदनशील विषयमा पनि कसरी जिस्किन सकेका होलान् मान्छे? कुनै पल यस्तो लाग्छ मान्छेहरूमा संवेदना मरिसकेको छ। यिनै संवेदनाहरूले त हो, मान्छेलाई मान्छे बनाउने। संवेदना मरेपछि त मान्छे जिउँदो लाश हुन्छ। अपलक टोलाउँछु केही बेर। अचानक फोनको घण्टीले झल्यास्स ब्युँझिदा मोबाइलको स्क्रिनमा पढ्छु एकजना साथीको नाम। मैले ‘हेलो’ भन्न भ्याउँदाभ्याउँदै साथीले सुनाउँछ ताजा अपडेट।
“थाहा छ? कोरोनाको आशंकाले हिजो एउटा मजदूरले उपचार नपाई मर्नुपरेछ”, उसले थप्छ, “मेसिनले हातखुट्टामा चोट लागेको मजदूरलाई खोक्यो भनेर कोरोनाको आशंकामा हस्पिटलबाट बाहिर निकालिएछ।”
मैले थप प्रश्न गर्न नपाउँदै उसले भावुक हुँदै सुनायो, “चितवन र विरगञ्जका कुनै हस्पिटलले भर्ना लिएनन् रे।”
फोनमा केहीबेर कुराकानी गरेर हामी छुट्टियौं। थाहै भएन, ठ्याक्कै कसले भन्यो - ‘स्टे होम, स्टे सेफ।’
‘भौतिक दूरी कायम गरे, यो भाइरसबाट बच्न सकिन्छ।’ यत्रतत्र सर्वत्र यही नारा छ यतिखेर। तर, बुटवलको क्वारेन्टाइनमा एकजना बिरामी बिना स्याहार मर्नुपर्यो। पोखरामा न्युमोनिया भएको बालकले अस्पतालमा भर्ना पाएनन्। यस्ता समाचारले कता-कता यो भौतिक दूरी झन् गलपासो बनेको हो कि जस्तो लाग्न थालेको छ। राज्यसँग आफ्नै बलियो स्वास्थ्य संयन्त्र नहुनु, पर्याप्त अस्पताल नुहुनु, भएका अस्पतालमा पनि आवश्यक पूर्वाधार नहुुनु र नीजि भनिएका नाफाखोर स्वास्थ्य संस्थाहरूले कुनै जिम्मेवारी वहन नगर्नुले समस्या झने जटिल हुनसक्ने संकेत देखिन्छ। एक्कासी रिस उठेर आउँछ आफैँसँग। यो भाइरससँग। यी नीजि अस्पतालहरूसँग। होइन, सायद यो राज्य सँग। अनि फनफनी घुम्न थाल्छ एउटा धमिलो तस्वीर। अनसन बसिरहेको बुढो मान्छे- डा. गोविन्द केसी। बेलैमा राज्यले उनको कुरा बुझेको भए !
पढ्नुहोस् अन्य लकडाउन अनुभूतीः
महामारीमा जीवनः बन्दाबन्दीको खाना चिन्तन
लकडाउनले सुनाएको प्रकृतिको स्वर
" />मोबाइलको स्क्रीनमा खोज्दै छु, सूचना, जानकारी, समाचार, हल्ला वा यस्तै केही। यो बन्द समयमा खुब साथ दिएको छ मोबाइलले। धन्यवाद दिन्छु मार्क जुकरवर्गलाई एकफेर, फेसबुकको भित्तो बनाइदिएकोमा। दिनभरी यसैको भित्तालाई तलमाथि स्क्रोल गर्दै घटाइरहेछु लकडाउनको आयु। फलानो देशमा यति मरे, उति संक्रमित भए आदि-इत्यादी जानकारी पढ्छु मन नलागीनलागी। भित्तामा देखिन्छ नेपालमा ५ जना पुगे संक्रमित। केही दिनमा फेरी लेखिन्छ, ९ जना पुगे। अनायास आफैलाई छाम्न पुग्छु। अलिकति डर लाग्छ। फेरि ढुक्क हुन्छु। अझैसम्म सुरक्षित छु भनेर ढाडस दिन्छु आफैँलाई। संकटको बेला बाँच्नु पनि कम्ता ठूलो विजय होइन रहेछ।

">