चर्चित इतिहासकार, चिन्तक युवल नोआ हरारीसँग २ वैशाख २०७७ मा ‘इन्डिया टुडे’का पत्रकार राहुल कन्वलले जुममार्फत् लामो कुराकानी गरेका थिए। उक्त कुराकानीको लक्ष्मण श्रेष्ठले गरेको नेपाली अनुवाद:
ऐतिहासिक सन्दर्भबाट शुरु गरौं । मानव जातिले विगतका महामारीको सामना कसरी गरेको थियो ? र त्यो अनुभवबाट अहिले के सिक्न सक्छ ?
विगतका कुनै पनि महामारीको भन्दा अहिले हामी निकै समुन्नत परिस्थितिमा छौं । सबैभन्दा पहिला त प्लेगजस्ता महामारीको तुलनामा यो मध्यम प्रकृतिको छ । यो महामारीको मृत्युदर निकै कम छ । तर सबैभन्दा महत्वपूर्ण के हो भने, हामीसँग यो महामारीलाई सामना गर्ने सबै वैज्ञानिक ज्ञान र प्रविधि छन् । मध्य युगमा प्लेगको महामारी फैलिँदा किन मानिस मरिरहेछन् र यसलाई कसरी रोक्न सकिन्छ भन्ने थाहा थिएन । मानिसहरु त्यसलाई भगवान वा अरु कुनै शक्तिले दिएको सजाय ठान्थे । त्यसको तुलनामा आज हामीलाई के भईरहेछ भन्ने राम्रोसँग थाहा छ ।
यो महामारी फैलाउने भाइरसबारे जान्न, त्यसको आनुवंशिक संरचना पत्ता लगाउन र त्यसको संक्रमण भए, नभएको थाहा पाउने विधि पत्ता लगाउन हामीलाई जम्मा दुई हप्ता लाग्यो । अहिले हामी ज्ञान र शक्तिविहीन छैनौं । हामीसँग यो संकटको व्यवस्थापन गर्ने शक्ति छ । सबैभन्दा ठूलो प्रश्न चाहिँ हामीसँग भएको शक्तिको सही प्रयोग गर्ने चेतना छ/छैन भन्ने मात्र हो । महामारी र यसका आर्थिक असरहरुलाई एकैपटक सम्बोधन गर्ने संयुक्त कार्ययोजना नुहुनु अहिले सबैभन्दा खड्किएको पक्ष हो । तर, महामारीविरुद्ध संसारका मानिसहरु एकजुट हुन अझै पनि निकै ढिलो भइसकेको छैन ।
इबोला वा एच १ एन १ महामारी र यो महामारीमा देखिएकोे सबैभन्दा ठूलो फरक के हो भने अहिले भाइरसविरुद्धको युद्धमा सिंगो मानव जातिलाई नेतृत्व गर्ने कुनै देश वा नेता छैन । यसले यो महामारीविरुद्ध जुध्ने मामिलामा कत्तिको प्रभाव पारेको छ ?
भाइरसविरुद्धको लडाइँमा मानिससँग भएको सबैभन्दा ठूलो सुविधा के हो भने भाइरसले सहकार्य गर्न सक्दैन, हामीले सक्छौं । चीनको भाइरसले अमेरिकाको भाइरसलाई कसरी मान्छेलाई संक्रमित बनाउने भन्ने जानकारी दिन सक्दैन । इटलीका भाइरसले स्पेनिस भाइरससँग सहयोग माग्न सक्दैनन् । तर चीनका डाक्टरले अमेरिकाका डाक्टरलाई सुझाव दिन सक्छन् । एउटा देशले अर्को देशलाई मेडिकल सामग्री पठाउन सक्छ । तर, हामीले यो मानव क्षमतालाई उपयोग गरेनौं भने संकट अझ बढ्दै जान्छ । दुर्भाग्यवश, पछिल्ला केही वर्षदेखि अन्तर्राष्ट्रिय समुदायमा बढिरहेको तनावको मूल्य हामीले चुकाइरहनुपरेको छ।
अहिलेको सबैभन्दा ठूलो समस्या भाइरस होइन । हामी भाइरसको सामना गर्न सक्छौं । सबैभन्दा ठूलो समस्या त मान्छेभित्र रहेको शैतान हो ।
सन् २०१४ मा इबोला महामारी फैलिँदा संयुक्त राज्य अमेरिकाले यसलाई नियन्त्रणमा लिन विश्वमै नेतृत्व गरेको थियो । त्यो भन्दा अगाडि पनि सन् २००८ को आर्थिक मन्दीको बेला अमेरिकाले सबै ठूला अर्थतन्त्रको साझा योजना तयार पार्न नेतृत्वदायी भूमिका खेलेको थियो । तर, अहिले अमेरिका आफ्नो विश्व नेतृत्वको जिम्मेवारीबाट पन्छिएको छ । वर्तमान अमेरिकी प्रशासनले प्रष्ट भनेको छ, हामीलाई मानवजातिको वास्ता छैन, हामी केवल अमेरिकालाई ध्यान दिन्छौं । अमेरिका पहिलो । र, अहिले अमेरिका संक्रमित हुने व्यक्ति र मृतकहरुको संख्यामा पहिलो भएको छ । र, हामीसँग सिंगो मानवजातिलाई एकीकृत गर्ने विश्व नेतृत्वको विकल्प छैन । यो अभावले भ्याक्सिन निर्माणमा समस्या परिरहेछ । त्यसको लागि सबै देशहरुले आफूसँग उपलब्ध सूचना केन्द्रित गर्नुपर्छ ।
त्यसका लागि जुनसुकै देशबाट प्राप्त हुने सूचनामा विश्वास गर्ने वातावरण हुनुपर्छ । यो महामारीका कारण सिर्जित आर्थिक संकट सामना गर्न त झनै बढी सहकार्य चाहिन्छ । अमेरिकासँग २० खर्ब डलरको राहत प्याकेज हुनसक्छ तर संसारका अन्य देशसँग त्यस्तो स्रोत छैन । त्यसैले विश्वव्यापी आर्थिक परियोजना भएन भने हामीले विश्वव्यापी संकट भोग्नुपर्छ । त्यो संकटका कारण विभिन्न राज्यहरु असफल हुनसक्छन् जसले संसारभरी नै अस्थिरता पैदा गरिदिन्छ ।
अमेरिकी राष्ट्रपतिको ‘म पहिलो’ भन्ने नारा छ । यो रिक्ततामा चिनियाँ राष्ट्रपतिले प्रवेश गर्न खोजेका छन् । यो संकटको समयमा चीनको प्रयत्न र विश्व नेतृत्व गर्ने चाहनालाई कसरी हेर्नुहुन्छ ?
संकटमा परेरका विभिन्न देशलाई चीनले सहयोग गरेको देख्दा मलाई खुशी लागेको छ । खासगरी महामारीको शुरुमा चीनले बेवास्ता गरेको भनेर धेरै नै आलोचना भएको छ । खुला प्रजातान्त्रिक समाजमा सूचनाहरु स्वतन्त्र रुपमा प्रवाह हुन्छन् र मानिसहरुले आम जनतालाई खतरनाक परिस्थितिबारे जानकारी गराउँदा सरकारबाट सजाय भोग्नुपर्दैन । यदि चीन त्यस्तो खुला प्रजातान्त्रिक समाज भएको भए सम्भवतः हामीले यो महामारीलाई शुरुमै नियन्त्रणमा लिन सक्थ्यौं । त्यस्तो नहुँदा विभिन्न देशहरुले चीनको अभ्यासलाई शंका गर्ने ठाउँ छ ।
तर, आम रुपमा भन्दा चीनले अहिले आफूसँग भएका सूचना साझा गरिरहेछ । चीनले आफूसँग भएको मेडिकल सामग्री अरुलाई उपलब्ध गराइरहेछ । र सिंगो संसारलाई सहयोग गर्न जतिसक्दो प्रयत्न गरिरहेछ । यो खुशीको कुरा हो । र मेरो विचारमा सही समाधान कुनै एउटा शक्तिशाली देशको ठाउँमा अर्को देशलाई शक्तिशाली बनाउनु होइन । अमेरिकाको नेतृत्वको ठाउँमा चीनको नेतृत्व स्थापित गर्नु होइन । कुनै पनि एउटा देशमा निर्भर हुनु नपर्ने परिस्थिति नै सही समाधान हो । सही समाधान सामूहिक नेतृत्व हो जहाँ विभिन्न देशको भूमिका हुन्छ । तर त्यसका लागि हामीले विश्वव्यापी ऐक्यबद्धतालाई प्रोत्साहन गर्नुपर्छ ।
अहिलेको सबैभन्दा ठूलो समस्या भाइरस होइन । हामी भाइरसको सामना गर्न सक्छौं । सबैभन्दा ठूलो समस्या त मान्छेभित्र रहेको सैतान हो । अहिले हामीले अनेकथरी घृणा देखिरहेछौं । खासगरी अल्पसंख्यक र अर्को देशप्रति घृणा बढिरहेछ । विभिन्न देशहरुले महामारी फैलाएको आरोप अर्को देशलाई लगाइरहेका छन् । अमेरिकाले चीनलाई आरोप लगाइरहेछ । चीनले अमेरिकालाई । भारतमा मानिसहरुले मुसलमानहरुले कोरोना भाइरसको संक्रमण फैलाएको अफवाह फैलाइरहेछन् । मुस्लिम देशहरुमा इजरायल र यहुदीलाई आक्षेप लगाइरहेका छन् । इजरायलमा मुसलमानहरुलाई आरोप लगाइरहेछन् ।
यदि यस्तो घृणाको राजनीतिलाई फैलिन दिने हो भने हामीले वर्तमान संकटको सही समाधान गर्न सक्दैनौं । त्यतिमात्र होइन यसले आउँदा वर्षहरुमा अन्तर्राष्ट्रिय सम्बन्धलाई नै असर पु¥याउँछ । यस्तो हुनेछैन भन्ने म आशा गर्छु । घृणाको साटो हामीले विश्वव्यापी ऐक्यबद्धतालाई प्रोत्साहन गर्नुपर्छ । विश्वव्यापी ऐक्यबद्धता स्थापना गर्न सकियो भने वर्तमान संकटको समाधान मात्र हुनेछैन । हामी जलवायु परिवर्तनजस्ता भविष्यका अन्य संकटको पनि सामना गर्न सक्षम हुनेछौं ।
कोभिड–१९ महामारीसँग जुध्न अहिलेसम्म कल्पना नै नगरिएका संकटकालीन प्रक्रिया अपनाइएको छ । अस्थायी रुपमा गरिएका यस्ता अभ्यासमध्ये कुन चाहिँ दीर्घकालीन रुपमा जान्छ जस्तो लाग्छ ?
यसरी दीर्घकालीन रुपमा जानसक्ने सम्भावना देखिएको र सबैभन्दा खतरनाक अभ्यास निगरानी हो । अहिले हामीले देख्नसक्छौं प्रजातान्त्रिक देशहरुमा पनि आम निगरानीको व्यवस्था गरिएको छ । र, निगरानीको प्रकृति पनि परिवर्तन भएको छ । यसभन्दा अघिल्ला निगरानी छालामाथि हुन्थे । अहिले छालामुनि पनि निगरानी शुरु भएको छ । सरकारले अहिले हामी कहाँ जान्छौं र कसलाई भेट्छौं भन्नेमात्र होइन हाम्रो छालामुनि के भईरहेछ भन्ने पनि जान्न चाहन्छ । हाम्रो शरीरको तापक्रम कति छ, रक्तचाप कति छ र अरु स्वास्थ्य अवस्था कस्तो छ उसले निगरानी गरिरहेछ ।
सरकारले अहिले हामी कहाँ जान्छौं र कसलाई भेट्छौं भन्नेमात्र होइन हाम्रो छालामुनि के भईरहेछ भन्ने पनि जान्न चाहन्छ । हाम्रो शरीरको तापक्रम कति छ, रक्तचाप कति छ र अरु स्वास्थ्य अवस्था कस्तो छ उसले निगरानी गरिरहेछ । अवश्य पनि यो महामारीसँग जुध्न यस्ता सूचना उसलाई चाहिन्छ । तर, यो निगरानी कायम भइरह्यो भने यसभन्दा अघि कहिल्यै नदेखिएको स्वेच्छाचारी शासन स्थापित हुने खतरा छ ।
अवश्य पनि यो महामारीसँग जुध्न यस्ता सूचना उसलाई चाहिन्छ । तर, यो निगरानी कायम भइरह्यो भने यसभन्दा अघि कहिल्यै नदेखिएको स्वेच्छाचारी शासन स्थापित हुने खतरा छ । निरन्तर रुपमा आम जनताको बायोमेट्रिक सूचना जम्मा गर्नसक्ने सरकार इतिहासमा कहिल्यै नदेखिएको खालको स्वेच्छाचारी हुनसक्छ । सरकारहरुले अहिलेसम्म तपाईंले टिभीमा वा युट्युवमा के हेर्नुभएको छ भन्नेसम्म थाहा पाउन सक्थे । तर ती दृश्य हेर्दा तपाईंलाई कस्तो महसुस भईरहेछ वा तपाईंले के सोचिरहनुभएको छ भन्ने उनीहरुले थाहा पाउँदैनथे । तर यसो अनुमान गर्नुस् त यदि सरकारसँग बायोमेट्रिक निगरानी गर्ने प्रणाली छ । मानौं सबैजनाले ब्रासलेट लगाएका छन् जसले निरन्तर रुपमा मुटुको चाल, रक्तचाप, शरीरको तापक्रम जाँच्न सक्छ । त्यो निगरानीले तपाईंलाई कोरोना भाइरसको संक्रमण छ, छैन मात्र भन्दैन । त्यसले तपाईंले कस्तो महसुस गरिरहनुभएको छ भन्ने पनि बताउँछ किनभने अनुभूति जीववैज्ञानिक प्रक्रिया हो ।
यो प्रणाली भएपछि सरकारले तपाईंले केही कुरा सुन्दा डराउनुभएको छ कि त्यसलाई बेवास्ता गर्नुभएको छ भन्ने थाहा पाउनसक्छ । यसो कल्पना गर्नुस्, तपाईं उत्तर कोरियामा हुनुहुन्छ जहाँ सबैलाई यस्ता बायोमेट्रिक ब्रासलेट लगाउन अनिवार्य गरिएको छ । र, तपाईंले सर्वोच्च नेताको महत्वपूर्ण भाषण हेर्न परेको छ । अनि तपाईंको शरीरको निगरानी भईरहेको छ । तपाईं बाध्यतावश मुस्कुराउनुहुन्छ र जबरजस्ती थपडी पनि बजाउनुहुन्छ तर वास्तवमा तपाईं सर्वोच्च नेताको भाषण सुनेर क्रोधित हुनुहुन्छ भन्ने सरकारी अधिकारीले थाहा पाउँछन् । यस्तो स्वेच्छाचारी शासन त जर्ज अरवेलको उपन्यास ‘१९८४’मा पनि कल्पना गरिएको छैन । तर, हामी सचेत भएनौं भने केही वर्षमा यस्तो स्वेच्छाचारी शासन उदय हुनसक्छ ।
तर अहिलेको परिस्थितिमा मानिसहरुलाई गोपनीयता रोज्छौ कि स्वास्थ्य भन्ने हो भने उसले स्वास्थ्य नै रोज्छ । यस्तो अवस्थामा स्वेच्छाचारी निगरानी, आम छेकबार, शक्तिशाली अलगोरिदम, छालामुनिको निगरानी अस्थायी अभ्यास मात्र हुन्छ भनेर तपाईं कसरी विश्वस्त पार्न सक्नुहुन्छ ?
आपतकालीन अवस्थामा गरिएका अभ्यासको समस्या के हो भने यी सधैँभरी कायम रहन्छन् किनभने हरेकपटक नयाँ आपतकालीन अवस्था आइहाल्छ । सरकारले अहिले भन्छ, यो कोरोना भाइरससँग जुध्न केही महीनाका लागि गरिएको अभ्यास हो । तर कोरोना भाइरस संक्रमण शुन्यमा पुग्दा पनि उसले के भन्छ भने दोस्रो महामारी आउँदैछ त्यसैले तयार बसौं । र नयाँ इबोला महामारी वा नयाँ फ्लुको महामारी फैलिनसक्छ । त्यसैले संकटकालीन अवस्थामा प्रयोग गरिएका अभ्यास स्थायी भएर जाने खतरा रहनसक्छ । त्यसैले गोपनीयता र स्वास्थ्यमध्ये एउटा रोज्ने भन्ने नै हुँदैन । मानिसहरुले दुवै रोज्नुपर्छ ।
हामी डाक्टरकोमा जाँदा स्वास्थ्य र गोपनीयतामध्ये कुनै एउटा रोज्दैनौँ । सही उपचार पाउन हामीले आफ्नोे स्वास्थ्य अवस्था, आनीबानी र यौन जीवनबारे समेत थुप्रै गोप्य सूचना डाक्टरलाई दिन्छौं । यीमध्ये कति जानकारी त हामीले आफ्नो जीवनसाथीलाई पनि भनेका हुँदैनौं । र, हामी के विश्वास गर्छौँ भने डाक्टरले यी व्यक्तिगत गोपनीयताहरु हाम्रो उपचारका लागि मात्र प्रयोग गर्छन् । उनले हाम्रो हाकिम, जीवनसाथी वा सरकारलाई यी सूचना पुर्याउँदैनन् । त्यसैले त्यहाँ हामीले स्वास्थ्य उपचार र गोपनीयता दुवै पाउछौँ ।
धेरै राजनीतिज्ञहरुले भन्छन्, यो युद्ध हो । होइन, यो कुनै युद्ध होइन । यो स्वास्थ्य संकट हो । हामीसँग यसविरुद्ध लड्न बन्दुक बोकेका सेना होइन अस्पतालमा बिरामीको स्याहार गर्ने नर्स चाहिन्छ ।
महामारीसँग जुध्न पनि यस्तै खालको नयाँ नियमन प्रणाली विकास गर्नुपर्छ । स्वास्थ्य सेवा प्रवाह गर्ने संयन्त्र प्रहरी, सेना र जासुसबाट अलग हुनुपर्छ । यो उनीहरुको कामको विषय होइन । यो कुनै युद्ध होइन । मलाई थाहा छ, धेरै राजनीतिज्ञहरुले भन्छन्, यो युद्ध हो । होइन, यो कुनै युद्ध होइन । यो स्वास्थ्य संकट हो । हामीसँग यसविरुद्ध लड्न बन्दुक बोकेका सेना होइन अस्पतालमा बिरामीको स्याहार गर्ने नर्स चाहिन्छ । यो संकटको व्यवस्थापन गर्न हत्यारा होइन स्याहारकर्ता चाहिन्छ ।
अहिले सरकारले जनताको नियमन गर्नेमात्र होइन, जनताले पनि सरकारको नियमन गर्ने हो । लोकतन्त्रमा यस्तै नै हुन्छ, हुनुपर्छ । निरंकुश शासनमा सरकारले मात्र नियमन गर्छ । जनतालाई के भईरहेछ भन्ने थाहा हुँदैन । तर लोकतन्त्रमा सरकार र जनताले गर्ने दुवै नियमन सँगसँगै जान्छ । उदाहरणका लागि अमेरिकाले २० खर्ब डलरको राहत व्याकेज स्थापना गर्याे । आम जनताले थाहा पाउनुपर्छ यो पैसा कहाँ जान्छ भनेर कसले निर्णय गर्दैछ ? के सरकारले यो पैसा ठूला कर्पोरेसनहरुलाई दिँदैछ जसका मालिकहरु सरकारमा भएका व्यक्तिका साथी हुन् ? अथवा साधारण मानिसहरुले चलाएका स-साना व्यवसाय जोगाउनका लागि खर्च भईरहेछ ? त्यसैले सरकारले जनताको स्वास्थ्य नियमन गर्छ भने ठिकै छ तर जनताले पनि सरकारले कहाँ, कसरी पैसा गर्दैछ भन्ने जान्न पाउनुपर्छ । लोकतन्त्रमा दोहोरो निगरानी हुन्छ ।
अहिले कोष र आम्दानी दुवै खुम्चिएको छ । यस्तो बेलामा भारत, इजरायल जस्ता सिमित कोष भएका सरकारहरुले कसरी कोष सञ्चालन गर्नुपर्छ ? अहिले सबैलाई राहत चाहिएको छ । ठूला कम्पनीहरु आफूले धेरैलाई रोजगारी दिने भएकाले धेरै राहत चाहिन्छ भन्छन् । ससाना व्यवसाय धेरै संख्यामा छन् र गरिब जनतालाई पनि उस्तै खाँचो छ । सरकारले कसका लागि बढी खर्च गर्नुपर्छ ?
म अर्थशास्त्री होइन न त स्वास्थ्य क्षेत्रको विज्ञ हुँ । त्यसैले म आफूले गहिरोसँग नबुझ्ने विषयमा कुनै राय दिन चाहन्नँ । मलाई लाग्छ दुईवटा कुरा महत्वपूर्ण छन् । सबैभन्दा पहिलो त धेरै देशसँग पर्याप्त आर्थिक क्षमता छैन । त्यसैले हामीलाई विश्वव्यापी सुरक्षा सञ्जाल चाहिन्छ । यो संकटको समयमा धनी देशहरुले गरिब देशलाई सहयोग गर्नुपर्छ नभए उनीहरुले महामारीको सामना गर्न सक्दैनन् । यो पहिलो सिद्धान्त हो । दोस्रो सिद्धान्त के हो भने, सरकारले जनताको हेरचाह गर्ने हो कुनै कर्पोरेसन वा बैंकको होइन । हामीले सही ठाउँमा पैसा खर्च गर्छौँ कि गर्दैनौ भन्नेले संकटको सामना भईरहेछ कि छैन भन्ने बताउँछ ।
यो स्टक एक्स्चेन्जमा के भईरहेछ भनेर चिन्ता गर्ने समय होइन । आम मान्छेलाई के भईरहेछ भनेर चिन्ता लिने बेला हो यो । यदि स्टक एक्सचेन्जमा ग्राफ उकालो लागिरहेछ तर आम मानिसहरु भोका छन्, उनीहरुले राम्रो स्वास्थ्य स्याहार पाइरहेका छैनन् र जागिरविहिन छन् भने सही ठाउँमा पैसा खर्च भइरहेको छैन ।
के तपाईंले महामारीका कारण शक्तिशाली सरकार र राष्ट्रवाद मौलाइरहेको पाउनुहुन्छ ?अथवा यस्तो प्रवृत्ति हावी हुन्छ भन्ने ठान्नुहुन्छ ?
संकटको समयमा यस्तो हुने खतरा हुन्छ । यस्तो बेलामा मानिसहरु जीवन नै गुम्छ कि भनेर डराइरहेका हुन्छन् । उनीहरुलाई जागिर र जीविका गुमाउने डर हुन्छ । त्यसैले धेरैजसो मानिसले शत्तिशाली नेतृत्वको परिकल्पना गर्छन् । त्यस्तो नेतृत्व जसलाई सबथोक थाहा छ र जसले सबैको रक्षा गर्नसक्छ । त्यस्तो नेतृत्वका लागि लोकतन्त्रको आधारभुत पक्ष चेक एन्ड ब्यालेन्स (परिक्षण र सन्तुलन) पनि छोडिदिन तयार हुन्छन् । र, एउटा शक्तिशाली नेतामा मात्र विश्वास गर्छन् । यो प्रवृत्ति सबैभन्दा खतरनाक छ ।
पहिलो कारण त, यस्ता शक्तिशाली नेताले संकटपछि पनि सत्ता त्याग्दैनन् । उनीहरुले शक्तिमा रहिरहने कुनै न कुनै बहाना फेला पारिहाल्छन् । उनीहरुका लागि हरेक पटक नयाँ संकट आइरहेको हुन्छ । र एकपटक स्वतन्त्रता गुमाइसकेपछि फेरी पाउन निकै ठूलो मूल्य चुकाउनुपर्छ । दोस्रो कारण, कुनै पनि निरंकुशता लोकतन्त्र भन्दा सक्षम हुँदैन । मानिसहरु संकटको समयमा निरंकुशता नै ठीक भन्छन् किनभने त्यो शासनमा निर्णय छिटो हुन्छ । यो मान्यता केही हदसम्म सत्य पनि हो । निरंकुश शासकले कसैसँग छलफल गरिरहुपर्दैन । एउटा मानिसले सबै निर्णय गर्नसक्छ । तर, समस्या के हो भने, यदि त्यो शक्तिशाली मानिसले कथंकदाचित् कुनै गल्ति गरिहाल्यो भने पनि उसले स्वीकार गर्दैन । उसले अरु कसैलाई आरोप लगाउँछ । उसले भन्छ– ‘मैले त सही निर्णय गरेको थिएँ तर केही गद्धार र दुश्मनहरुका कारण संकट झन् गहिरियो ।’ र, ती कथित गद्धार र दुश्मनसँग जुध्न उसले थप शक्तिको माग गर्छ ।
यो स्टक एक्स्चेन्जमा के भईरहेछ भनेर चिन्तागर्ने समय होइन । आम मान्छेलाई के भईरहेछ भनेर चिन्ता लिने बेला हो यो ।
यसको ठ्याक्कै विपरीत लोकतन्त्रमा कुनै सरकारले गलत निर्णय गर्यो भने गल्ती भएको स्वीकार गर्छ र अरु उपाय अपनाउन थाल्छ । यस्तो किन हुन्छ भने लोकतन्त्रमा फरक–फरक आवाजलाई स्थान हुन्छ । निर्णयप्रक्रियामा फरक-फरक स्वार्थ भएका मानिसहरु हुन्छन् । त्यसैले दीर्घकालीन रुपमा हेर्दा निरंकुशताभन्दा लोकतन्त्र नै संकटमा पनि सफल भएको देखिन्छ । अहिलेको संकटलाई नै हेर्ने हो भने पनि, स्वेच्छाचारी शासन भएको चीनले परिस्थितिलाई प्रभावकारी ढंगले सामना गर्याे । तर, दक्षिण कोरिया, ताइवान, न्यूजिल्याण्ड जस्ता लोकतान्त्रिक देशहरुले पनि उसैगरी सामना गरे । यी लोकतान्त्रिक देशहरुले झन् बढी प्रभावकारी तरिकाले संकटको सामना गरे । त्यसैले महामारीको संकटको निहुँ पारेर हामी कुनै पनि व्यक्तिलाई अनावश्यक शक्ति आर्जन गर्न छुट दिनसक्दैनौं । हामीले उनीहरुलाई विश्वास गर्न हुँदैन। हामी उनीहरुको जालोमा फस्न हुँदैन ।
पछिल्लो एउटा लेखमा तपाईंले महामारीको सामना गर्न विज्ञान, सरकारी अधिकारी र सञ्चारमाध्यममा विश्वास गर्नुपर्ने उल्लेख गर्नुभएको थियो । तपाईंले यो संकट नागरिकहरुको पनि परीक्षण भएको उल्लेख गर्नुभएको थियो । सरकारले नागरिकसँग कसरी विश्वास स्थापित गर्नसक्छ ? र जनताले कसरी आफ्नो नागरिक दायित्व पूरा गर्नसक्छन् ?
सरकारले दुईवटा काम गर्नुपर्छ । सबैभन्दा पहिला सत्य बोल्नुपर्छ । धेरै वर्षदेखि सत्तामा बस्नेहरुले जनतालाई ढाँटिरहेका छन् । नागरिकहरु मुर्ख छैनन् । उनीहरुले नेताहरुले झुट बोलिरहेका छन् भन्ने बुझ्छन् । त्यसैले उनीहरुले संकटको समयमा पनि सरकारलाई अविश्वास गर्छन् । तर, अझै पनि ढिलो भइसकेको छैन । संकटको समयमा पनि जनताले आफ्नो धारणा तुरुन्तै बदल्न सक्छन् । त्यसका लागि सत्तामा बस्ने नेताहरु इमान्दार हुनुपर्छ । उनीहरुले नागरिकलाई भन्नुपर्छ– ‘हामीले यसभन्दा पहिला झुठ बोल्यौं । त्यसका लागि माफी माग्छौं । तर अहिले हामी सत्य बोल्दैछौं ।’ जनताले सत्तामा बस्नेहरु इमान्दारीपूर्वक बोलिरहेछन् भन्ने महसुस गरे भने उनीहरुको धारणा फेरिन्छ ।
दोस्रो विज्ञानमा भर पर्नुपर्छ । पछिल्ला केही वर्षदेखि विभिन्न नेताहरुले विज्ञानमाथि निरन्तर आक्रमण गरिरहेछन् । उनीहरुले विज्ञान विश्वसनीय नभएको र वैज्ञानिकहरु जनताबाट अलग्गिएका सम्भ्रान्त भएको आरोप लगाइरहेछन् । त्यस्तै उनीहरुले उद्विकासको सिद्धान्त र जलवायु परिवर्तनको सिद्धान्तप्रति शंका उत्पन्न गरिरहेछन् । यो संकटको समयमा हामीले देखेको एउटा राम्रो पक्ष के हो भने, हरेक मानिसहरु विज्ञानतिर फर्किएका छन् । चर्च, मन्दिर, मस्जिद र गुम्बाले मानिसलाई नआउन भन्दै मूल ढोका बन्द गरेका छन् । किन ? किनभने वैज्ञानिकहरुले त्यसै गर्न भनेका छन् । कतिसम्म भने धामिर्क कट्टरपन्थीहरुसमेत विज्ञानमा भर परेका छन् । मलाई विश्वास छ मानिसहरुले यो क्षण सम्झिनेछन् । र यो संकटको परिणामको रुपमा उन्नत वैज्ञानिक शिक्षाको विकास हुनेछ । विज्ञानप्रति मानिसहरुको विश्वास बढ्नेछ । मानिसहरुले महामारीबारे मात्र होइन जलवायु परिवर्तनबारे पनि वैज्ञानिकका कुरा सुन्नेछन् ।
यो विश्वव्यापी महामारीले संसारको शक्ति सन्तुलनलाई कस्तो प्रभाव पार्ला ? के यसले अन्तर्राष्ट्रिय सहकार्यलाई बलियोसँग पुनस्र्थापित गर्नेछ कि राष्ट्रवादलाई बलियो बनाउनेछ ?
त्यो हाम्रो रोजाईमा निर्भर हुन्छ । म भविष्यवाणी गर्न सक्दिनँ किनभने भविष्य आज हामीले गर्ने निर्णयमा निर्भर हुन्छ । यदि कुनै देशले अरु देशलाई आरोप लगाएर, अरु देशसँग प्रतिस्पर्धा गरी सबै मेडिकल साधन कब्जा गर्ने प्रयास गरेर र सही सूचना उपलब्ध नगराएरै यो महामारीसँग जुध्न खोज्छ भने यसले संकट बढाउने काममात्र गर्छ । यसले धेरै वर्षसम्मका लागि अन्तर्राष्ट्रिय सम्बन्धमा खलल पुर्याउँछ । त्यसको साटो देशहरुले गरिब र धनी देशबीच आवश्यकता अनुसार मेडिकल सामग्री वितरण गर्ने, सूचना आदानप्रदान गर्ने, एक देशबाट अर्को देशमा स्वास्थ्य सहयोग पठाउने विकल्प रोज्छन् भने भविष्यको अन्तर्राष्ट्रिय प्रणाली बलियो हुन्छ । त्यसैले हामीले के रोज्छौं भन्नेमा धेरथोक निर्भर छ । मलाई विश्वास छ, हामीले राष्ट्रवादी प्रतिस्पर्धाको साटो विश्वव्यापी ऐक्यबद्धता रोज्छौं ।
पछिल्ला केही वर्षमा सिंगो संसारले अमेरिकी नेतृत्वप्रति विश्वास गुमाएका थिए । अहिले उनीहरुले अमेरिकाको क्षमताप्रतिको विश्वास पनि गुुमाए ।
छट्टम हाउसका निर्देशक रोबिन निब्लेटले भनेका छन्, यो विश्वव्यापी महामारीका कारण आर्थिक विश्वव्यापीकरण भंग हुनेछ। (पढ्नुहोस्- कोरोना भाइरस महामारीपछि कस्तो बन्ला विश्व परिदृश्य ?) के तपाईंलाई पछिल्ला केही दशकदेखि स्थापित आर्थिक विश्व व्यवस्था ध्वस्त हुन्छ भन्ने लाग्छ ?
म यसरी सोच्दिन । यो निकै टाढाको परिकल्पना भयो । पक्कै पनि हामी केही हदसम्म पछि फर्कनेछौं । कम्तिमा केही कम्पनीहरु विभिन्न देशबाट पछि फर्कनेछन् । तर, संसार पहिले नै धेरै हदसम्म आर्थिक एकीकरणमा गइसकेको छ । यदि अहिले हरेक देशले सबथोक आफ्नो भूगोलभित्र मात्र सिमित गर्न खोज्छ भने यसले संसारभरी आर्थिक विध्वंश मात्र सिर्जना गर्नेछ । धेरै देशहरु निर्यातमा निर्भर छन् । अर्कोतर्फ जतिसुकै ठूलो भए पनि कुनै देशले आफूलाई आवश्यक सबथोक देशमै उत्पादन गर्न सक्दैन ।
यदि यो संकटकै सामना गर्न पनि हरेक देशले आ–आफै मेडिकल सामग्री र भ्याक्सिन उत्पादन गर्ने प्रयास गर्छन् भन्ने सोच्ने हो भने पनि यसले काम गर्दैन । सबैले आशा गर्छन्, कसै न कसैले कतै न कतै तुरुन्तै भ्याक्सिन पत्ता लगाउनेछ र त्यो उनीहरुले पनि पाउनेछन् । यदि फ्रान्समा भ्याक्सिन फेला प¥यो भने चीन, अमेरिका, भारत लगायत सबै देशले फ्रान्सले भ्याक्सिन दिन्छ भन्ने विश्वास गर्नेछन् । त्यसैले औषधीको क्षेत्रमा त संसार पछि फर्कनेछैन । र अरु क्षेत्रमा पनि पछि फर्किनेछैन । पक्कै पनि विश्व व्यवस्थामा केही फेरबदल हुनेछ तर सिंगो प्रणाली ध्वस्त हुनेछैन ।
यो त अर्थप्रणालीको विश्लेषण भयो तर राजनीतिमा हेर्ने हो भने विश्व राजनीति त पहिले नै आत्मकेन्द्रित भइसकेको छ । अधिकांश देशहरु आफ्नो भाग्यको निर्णय आफै गर्न चाहन्छन् ? के हामी गरिब, दरिद्र र सानो विश्वतिर लम्केका हौं ?
यो पनि हाम्रो निर्णयमै भर पर्छ । हामीले राष्ट्रवादी पृथक्यवाद रोज्छौं भने गरिब र दरिद्रमात्र होइन कम स्वस्थ विश्व पाउने छौं । किनभने सबै सीमा र अन्तर्राष्ट्रिय उडान बन्द गर्दैमा महामारीलाई जितिँदैन । मध्ययुगमा हवाईजहाज थिएनन्, यात्रुवाहक ठूला जहाज थिएनन् र पनि दश वर्षभित्रमै प्लेगको महामारी चीन, भारत, मध्यपूर्वदेखि भारतसम्म फैलिसकेको थियो । महामारीको उपचार पृथकता होइन सहकार्य हो । यदि कुनै देशले अरु देशबाट सही समयमा वास्तविक सूचना पाउँछ भने उसले सजिलै महामारीको सामना गर्नसक्छ । यदि अन्य देशसँगको सम्पर्क हटाउने हो भने भविष्यका महामारीसँग जुध्न गाह्रो हुनेछ ।
हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध पढाउने स्टेफन वाल्जले कोभिड–१९ ले पश्चिमा देशभन्दा पूर्वीय देश शक्तिशाली हुने क्रमको गति बढाउने उल्लेख गरेका छन् । के तपाईंले त्यस्तो सम्भावना देख्नुहुन्छ ?
अवश्य पनि त्यस्तो हुनेछ । अहिले तपाईंले संसारको परिदृश्य नियाल्नुभयो भने पाउनुहुनेछ, मानिसहरु पूर्वी एशियाका देशहरुको काम गर्ने शैलीबाट प्रभावित छन् । उनीहरु चीनबाट मात्र होइन दक्षिण कोरिया र जापानले यो महामारीको सामना गरेको शैलीबाट प्रभावित छन् । जबकि पश्चिमी युरोप र अमेरिकामा दुःखलाग्दो दृश्य देखापरेको छ । पछिल्ला केही वर्षमा सिंगो संसारले अमेरिकी नेतृत्वप्रति विश्वास गुमाएका थिए ।
महामारीको संकटको निहुँ पारेर हामी कुनै पनि व्यक्तिलाई अनावश्यक शक्ति आर्जन गर्न छुट दिनसक्दैनौं । हामीले उनीहरुलाई विश्वास गर्न हुँदैन। हामी उनीहरुको जालोमा फस्न हुँदैन ।
अहिले उनीहरुले अमेरिकाको क्षमताप्रतिको विश्वास पनि गुुमाए । तपाईंले अमेरिकाले आफ्नो देशमा कसरी महामारीको सामना गरिरहेछ भन्ने हेरेपछि भन्नुहुन्छ, उसले विश्वको नेतृत्व नगरेकै ठीक छ । तपाईं कुनै देशबाट त्रसित हुन सक्नुहुन्छ वा त्यसलाई घृणा गर्न सक्नुहुन्छ तर पनि उसको क्षमतालाई कदर गर्नुहुन्छ । अहिले त अमेरिकाको क्षमतामाथिको विश्वास नै हराएको छ । उसको परोपकारितामाथि कसैले विश्वास गर्दैन ।
एकपटक तपाईंको पुस्तक ‘ट्वान्टी वान लेसन्स फर् द ट्वान्टी फस्र्ट सेन्चुरी’ तिर फर्कौं । यदि तपाईलाई यसका केही पाठहरु पुनः लेखन गर्न अनुरोध गरियो भने तपाईंले के परिवर्तन गर्नुहुन्छ ? म आप्रवासनबाट शुरु गर्छु । विभिन्न देशहरुले पहिले नै आफ्ना सीमा बन्द गर्न चाहेका थिए । र, यो भाइरसको महामारीले के देखायो भने वास्तविक सीमा त देशहरुबीच होइन मानव जाति र भाइरसबीच रहेछ । तपाईं आप्रवासनको समस्या र चुनौतीलाई कसरी हेर्नुहुन्छ ? तपाईंको पुस्तकमा भएको आप्रवासनसम्बन्धी पाठ पुनः लेखन गर्न दिइयो भने के परिवर्तन गर्नुहुन्छ ?
अन्ततः आप्रवासनबारे निर्णय गर्ने हरेक देशका जनताले नै हो । म हरेक व्यक्ति चाहेको ठाउँमा बसाई सर्न पाउनुपर्छ भन्ने खालको विश्वव्यापी आप्रवासन अधिकारमा विश्वास गर्दिनँ । र म देशहरुले जुनसुकै देशबाट आउने आप्रवासीलाई स्वागत गर्नुपर्छ भन्ने विश्वव्यापी कर्तव्यमा पनि विश्वास गर्दिनँ । विभिन्न देशका फरक फरक नीति हुनसक्छन् । मलाई के लाग्छ भने धेरै देशका लागि आप्रवासन सकारात्मक शक्ति हो । संसारमा धेरैजसो उत्तम देशहरु आप्रवासीले बनाएको देश हो । त्यसको उदाहरण अमेरिका, क्यानडा र अष्ट्रेलिया हो । ती देशहरु आप्रवासनका विभिन्न प्रवाहले निर्माण भएका हुन् । यदि आप्रवासनलाई सही तरिकाले व्यवस्थापन गरियो भने देशलाई यसले प्रशस्त फाईदा पुर्याउँछ । तर, म के अनुमान गर्न सक्छु भने, संकटका कारण आउँदा केही वर्षसम्म विभिन्न देशमा आप्रवासनप्रति शत्रुतापूर्ण व्यवहार गरिनेछ ।
अब म सोही किताबको धर्मबारेको पाठतिर जान्छु । विगतका महामारीमा मानिसहरु चर्चले जोगाउँछ भन्दै चर्चमा जम्मा हुन्थे । अहिले धर्म र ईश्वरबारे मानिसहरुको धारणा के छ ?
मलाई लाग्छ धर्म र ईश्वरबारे मानिसहरुको मान्यतामा परिवर्तन आउनेछ । एउटा उदाहरण दिन्छु । इजरायलमा दुई महीना अगाडि निर्वाचन सम्पन्न भयो । त्यतिबेला यो महामारी भर्खर शुरु भएको थियो । निर्वाचनमा भाग लिएकामध्ये एउटा धार्मिक दलले आफूलाई भोट दिए कोभिड–१९बाट संक्रमित नहुने वाचा गर्यो । रमाइलो के भयो भने उक्त पार्टीका नेता एवं इजरायलका स्वास्थ्य मन्त्री नै संक्रमित भए । अहिले सबैले उनले ‘आफ्नै पार्टीलाई भोट हालेनन् होला’ भन्दै मजाक गरिरहेछन् किनभने ईश्वरले त आफ्नो वाचा तोड्दैनन् । अहिले धार्मिक नेताहरुप्रति धेरै मानिसहरुको धारणा फेरिएको छ ।
आखिर धार्मिक नेताहरुको विज्ञता महामारी रोक्ने पनि होइन । उनीहरुको वास्तविक विज्ञता त बहाना बनाउन हो । यसरी नै उनीहरुले आफ्नो जीवन निर्वाह गरिरहेका छन् । उनीहरु नहुने वा गर्न नसक्ने वाचा गर्छन् । अनि उनीहरुसँग त्यो किन भएन भन्नलाई गज्जबको बहाना हुन्छ । यो महामारीको बेलामा पनि उनीहरु पुरानै बानी दोहोर्याउँछन् । उनीहरुले महामारीबाट मानिसहरुलाई जोगाउन सक्दैनन् । तर उनीहरु अहिले पनि आफ्ना वाचा किन पूरा भएनन् भन्ने बताउन बहाना खोजिरहेछन् । मलाई लाग्छ अहिले मानिसहरुले वैज्ञानिक र कुनै धार्मिक नेतामध्ये वैज्ञानिकलाई नै रोज्नेछन् ।
तपाईंले उत्तर–सत्यकालबारे पनि लेख्नुभएको छ । अहिले महामारीबारे अनेकन् गलत समाचारहरु प्रवाह भइरहेछ । यसलाई इन्फोडेमिक भनिएको छ । तपाईंलाई के लाग्छ, मानिसहरु यस्तै गलत सूचनामा निर्भर हुँदै जालान् कि विश्वसनीय स्रोतबाट आउने सूचनामा मात्र भर पर्लान् ?
फेरी पनि यो हामीले लिने निर्णयमा भर पर्छ । मानिससँग प्रशस्त विकल्पहरु छन् । मलाई विश्वास छ, मानिसहरु यस्तो महामारीको समयमा अविश्वसनीय स्रोतमा भर पर्दा हुने खतरा बुझ्छन् । तर कसरी विश्" /> चर्चित इतिहासकार, चिन्तक युवल नोआ हरारीसँग २ वैशाख २०७७ मा ‘इन्डिया टुडे’का पत्रकार राहुल कन्वलले जुममार्फत् लामो कुराकानी गरेका थिए। उक्त कुराकानीको लक्ष्मण श्रेष्ठले गरेको नेपाली अनुवाद:

फेरी पनि यो हामीले लिने निर्णयमा भर पर्छ । मानिससँग प्रशस्त विकल्पहरु छन् । मलाई विश्वास छ, मानिसहरु यस्तो महामारीको समयमा अविश्वसनीय स्रोतमा भर पर्दा हुने खतरा बुझ्छन् । तर कसरी विश्">