त्यसमा मलेसियाविरुद्ध विकास दली र पारस खड्काले राष्ट्रिय टिमका लागि पहिलो खेल खेले।
दुवै खेल युवा नै थिए। तर त्यसपछि अहिलेसम्मको यात्रा भने दुवैको फरक रह्यो। पारस खड्का जो नेपाली क्रिकेट इतिहासकै सफल कप्तान बने। विकासले क्रिकेटलाई निरन्तरता दिएनन्। सन् २००९ मा नेपालको सिनियर टोलीका कप्तान बनेका पारस खड्काले २८ असोजमा पदबाट राजीनामा दिए। यसले नेपाली क्रिकेट जगतलाई अचम्मित पार्यो।
उता मैदान बाहिर रहेका विकास पनि केही अचम्ममा परे यस निर्णयले । पारस त्यतिबेला १६ वर्षका मात्र थिए। तर विकासलाई लागेको थियो भविष्यमा यो 'फुच्चे'ले केही गर्छ। नभन्दै 'फुच्चे'ले गरेर देखाइदियो। उनै विकास दलीसँग देखापढीका गोविन्दराज नेपालले गरेको कुराकानी:
तपाईं र पारस खड्काले नेपालको सिनियर टीममा एक साथ डेब्यु गर्नुभयो। कस्तो थियो त्यतिबेला?
एकदमै राम्रो खेलाडी थियौं। टिममा सिनियर खेलाडीहरु हुँदा पनि सबैसँग मिल्ने थियो। कुनै घमण्ड थिएन।
राष्ट्रिय टीममा दुई जनाले डेब्यु गर्दाको क्षण कस्तो थियो?
धेरै राम्रो थियो। रमाइलो थियो त्यतिखेर। हामीले धेरै मिहेनत गरेका थियौं त्यहाँसम्म पुग्नलाई। म ऊभन्दा अलि सिनियर नि थिए। यू-१९ खेलेर सिनियरको लागि खेलेको थियो।
पारसले नेपालको लागि एक दशक कप्तानी गरेर उक्त पदबाट राजीनमा दिएका छन्। सँगै डेब्यु गरेको खेलाडीले यस्तो सफलतापूर्वक निरन्तर डेढ दशक खेल्दा कस्तो लाग्छ?
एकदमै रमाइलो लागेको छ। मैले त्यतिखेरै सोचेको थिएँ। यो मान्छेले पछि गएर नेपालको क्रिकेटको नेतृत्व गर्छ भनेर। किनभने उसको एटिट्युड र लिडरसिप देखिएको थियो। लक्षण हुन्छ कसैमा त्यस्तो खालको। उ जहिल्यै खेलमा मोटिभेसन गरिरहेको हुन्थ्यो खेलाडीहरुलाई। त्यसैले मलाई त्यही बेलै लागेको थियो। यो मान्छेले भविष्यमा केही गर्छ भनेर । किनकी उ क्रिकेट त राम्रो खेल्थ्यो नै, अरुलाई मोटिभेट गर्ने कारणले पनि राम्रो भएको थियो।
अहिलेचाहिँ पारसँग तपाइँको सम्बन्ध कस्तो छ, सम्पर्क कत्तिको हुन्छ?
सम्बन्ध छ। कुराकानी कहिलेकाँही भइरहन्छ। उ पनि व्यस्त हुन्छ। म पनि धेरैजसो काठमाडौं बाहिर नै हुन्छु। हाम्रो बेला बेलामा फोन च्याट हुन्छ । अहिलेपनि राम्रो सम्बन्ध छ।
तपाईंले खेल्न शुरु गर्दा र अहिले नेपाली क्रिकेटमा के फरक छ ?
धेरै उतारचढाव भयो। बीचमा क्यानको अवस्था ठीक नहुँदा क्यानमै उतारचढावहरु आए। जसले गर्दा खेल र टिममा असर भयो नै । तर पनि नेपाली क्रिकेट खेलाडीहरु आफै संगठित भएर अगाडि बढे। पारसले पनि एक प्रकारले राम्रो लिडरसिप देखायो। यहाँसम्म पुर्यायो। एक हिसाबले आश्चर्य, चमत्कार भने पनि हुन्छ। जिम्बावे, वेष्ट इन्डिज कस्ता थिए, कस्ता भए ! तर हाम्रो तल-माथि भइरहेपनि पनि एउटा लेभल मेन्टेन गरिरहेकै छौं।
नेपाली क्रिकेट टिमबाट खेलिरहन पाएको हुन्थ्यो भन्ने लाग्छ ?
अवश्य लाग्छ नि। म त त्यही सोचिराको हुन्छु। कहिलेकाँही आफ्नो ब्याटिङहरु सम्झिरहन्छु। के गर्ने आफ्नो अवस्थाले गर्दा क्रिकेट छाडियो। म खेल्न पाएको भए अहिले रिटायर्ड हुन्थे होला तर अलि अगाडिसम्म खेल्न सक्थेँ।
" /> १५ वर्ष अगाडि नेपालमा भएको एउटा क्रिकेट टुर्नामेन्टमा दुई खेलाडीले डेब्यु गरेका थिए। सन् २००४ मा काठमाडौको कीर्तिपुरमा इन्टरकन्टिनेन्टल कप भएको थियो। नेपाली टिमको कप्तान थिए राजु खड्का । नेपाली टिममा राजु बस्न्यात, मेहबुब आलम, विनोद दास, दिपेन्द्र चौधरी, परेश लोहनी, शक्ति गौचन, राजकुमार प्रधान, सन्जम रेग्मी, मनोज कटुवाल जस्ता खेलाडी थिए।त्यसमा मलेसियाविरुद्ध विकास दली र पारस खड्काले राष्ट्रिय टिमका लागि पहिलो खेल खेले।

">