फेरिएको आयाम
२१ औं शताब्दीको पहिलो दशकबाट नेपालमा हुने वैदेशिक लगानीमा चिनियाँ नागरिकको लगानी पनि बढ्दो छ। व्यापारमा पनि चिनियाँहरुको सहभागीता उल्लेखनीय छ। आर्थिक क्षैत्रले जनताको दैनिक जीवनसँग सिधै सरोकार राख्ने हुँदा यो क्षेत्रमा चीनको जनकूटनीतिक गतिविधि बाक्लो देखिन्छ। त्यसो त आर्थिक लाभ र हानीको हिसाबकिताब हुने क्षेत्रलाई जनकूटनीतिले नसमेट्ने तर्क पनि एकथरीको छ। तर यहि आर्थिक मामिलामा थुप्रै त्यस्ता गतिविधि भइरहेका छन् जसले नेपालीलाई चीन बुझ्न कर लाग्दैछ। धेरै चिनियाँ नेपाल आउनु तथा धेरै नेपाली बढ्दो मात्रामा चीन जानुमा यही आर्थिक सम्बन्ध एउटा महत्वपूर्ण कडी बनेको छ।
चीन–नेपाल जनकूटनीति भने आर्थिक सम्बन्धमा मात्र समेटिएको छैन। यसका फराकिला आयाम छन्।
चीनको जनकूटनीतिका मूलभुत तीन आयाम छन्ः प्रतिक्रियात्मक, क्रियात्मक र सम्बन्ध निर्माण।
प्रतिक्रियात्मक आयाममा गरिनै जनकूटनीति तत्काल घटेका घटनालाई केन्द्रमा राखेर योजनाबद्धरुपमा गरिने क्रियाकलाप हुन्।
यसको एउटा उदाहरण २०७२ को भुकम्पमा चिनियाँ सहयोग हो।
त्यतिबेला नेपालमा दुईवटा चिनियाँ चिकित्सक टोली सक्रिया थियो – सिचुवान टोली र छोङछिङ टोली। यी समूहको निरन्तर प्रतिबद्धताका कारण अन्य देशका टोलीले समेत यिनको प्रशंसा गरेका थिए। त्यस्तै चिनियाँ खोज तथा उद्धार टोली चीन फर्केपछि चिनियाँ प्रधानमन्त्री लि खछियाङले प्रष्ट शब्दमा त्यो टोलीले दुवै देशको मित्रतालाई बल दिएकाले बधाई दिएका थिए।
धेरै चिनियाँ नेपाल आउनु तथा धेरै नेपाली बढ्दो मात्रामा चीन जानुमा आर्थिक सम्बन्ध एउटा महत्वपूर्ण कडी बनेको छ।
त्यही भुकम्पको पुननिर्माण कार्यमा चीनले गरिरहेको सहयोग कार्य भने चीनको क्रियात्मक जनकूटनीति हो। यस्तो कूटनीतिक अभ्यास अलि लामो चरणको योजनाका साथ गरिन्छ। पुननिर्माणका लागि चीनले व्यवस्थीत योजना बनाइ नेपाल सरकारसँग पनि विविध चरणमा र तहमा छलफल गरि काम ग्रिरहेको छ।
खासगरी राजधानीको नौ तले दरबार, दरबार हाइस्कुल जस्ता संरचनाको पुननिर्माणको जिम्मा लिएर चीनले नेपाल जनताको ध्यानाकर्षण गरिरहेछ। यी ऐतिहासिक धरोहरको महत्व भविष्यसम्म रहनेछ। जहिले पनि यिनको चर्चा गर्दा चीनको पनि चर्चा हुनेछ।
त्यस्तै नेपालका विभिन्न व्यवसायिक संगठनसँग चीनका व्यवसायिक संगठनको सम्बन्ध र गतिविधि पनि चीनको क्रियात्मक प्रकृतिको जनकूटनीति हो। यी मध्ये कतिपय संगठनको निर्माण नै चीनबाट अध्ययन पूरा गरेका व्यक्तिले गरेका छन्। चीनसँगको व्यापार, व्यवसाय, लगानीका लागि सहज वातावरण एवं आवश्यक जानकारी पाउने उद्धेश्यले नै यस्ता व्यवसायिक संगठन स्थापना गरिएको हो।
यस्ता व्यवसायिक संगठनका कारण चीनसँग नेपालको व्यापार बढेको छ। सन् २००९ बाट २०१७ मा चीनसँगको नेपालको व्यापार तीन सय प्रतिशतले बढेको छ।
व्यवसायीक क्षेत्रमा गरिने जनकूटनीति अन्तर्गत चीनले अन्तर्राष्ट्रिय व्यापार मेला, व्यापारीक सहकार्य र व्यपार समस्या समाधानार्थ सुपरिवेक्षणजस्ता नाममा विभिन्न तहका भ्रमण गर्ने गरेका छन्।
सम्बन्ध निर्माणको आयाममा भएका चिनियाँ जनकूटनीतिमा शैक्षिक छात्रवृत्ति, विज्ञहरुको आदानप्रदान जस्ता कार्य पर्छन्।
यस्तो सम्पर्क निर्माणले नेपाली विद्यार्थीमा चिनियाँ समाजप्रति सकारात्मक प्रभाव विस्तार भइरहेछ। अध्ययन पूरा भइसकेपछि पनि अध्ययन–अनुसन्धानका जिम्मेवारी सम्हाल्दा चीन र चिनियाँप्रति यी नेपाली विद्यार्थीको सकारात्मक धारणा रहिरहनेछ।
सम्पर्क निर्माणको अर्को उदाहरण नेपालका विश्व विद्यालयसँग चिनियाँ विश्व विद्यालयको बढ्दो सम्बन्ध पनि हो।
अनुसन्धानकर्मीहरुले चीनको उच्च शिक्षालाई विभिन्न चरणमा बाँडेर हेर्ने गरेका छन्।
‘चिनियाँ उच्च शिक्षाको अन्तर्राष्ट्रियकरणको नीति र अभ्यास’ शीर्षकको शोध लेखमा हङ फुताआले चिनियाँ उच्च शिक्षालाई दुई चरणमा बाँडेका छन्।
सन् १९७२ देखि १९९२ सम्मलाई उनले पहिलौ चरण भनेका छन्। यो चरणमा चीनले आफ्ना विद्यार्थी र विज्ञलाई विभिन्न विकसित देशमा अध्ययनको लागि पठायो।
उनले सन् १९९३ पछिको समयलाई दोस्रो चरणमा राखेका छन्। यो चरणमा चीनले विदेशी शैक्षिक संस्थासँगको सहकार्यमा जोड दियो। विदेशी विद्यार्थी र विदेशीएका आफ्ना विद्यार्थी र विज्ञलाई चीन ल्याउन जोड दियो।
यही चरण अन्तर्गत चीनले नेपालका विश्वविद्यालयसँगको सहकार्यमा पनि जोड दिन थालेको हो। सन् २००८ देखि चिनियाँ विश्वविद्यालयले नेपालका विश्वविद्यालयसँग सहकार्य बढाएका हुन्।
सम्बन्ध विस्तारका लागि चिनियाँ भाषा तथा संस्कृति शिक्षणलाई पनि जोड दिइएको छ। नेपालमा प्रत्येक वर्ष चिनियाँ शिक्षकहरु चिनियाँ भाषा र संस्कृति पढाउन आउने गरेका छन्। उनीहरु सांस्कृतिक संवाहक हुन्। बिस्तारै उनीहरु नेपालका कलिला विद्यार्थीको मनमस्तिष्कमा छाउँदैछन्।
विदेशी भाषा र संस्कृतिप्रति नरम भावमा प्रस्तुत हुने नेपाली प्रवृतिले चिनिया जनकूटनीतिको साँस्कृतिक पाटोको प्रसारलाई अनुकुल वातावरण दिएको छ।
यसरी चिनियाँ जनकूटनीतिले नेपाली समाजको विविध क्षेत्रमा उपस्थिति जनाइरहेछ। अरु देशले भन्दा चीनले अपनाइरहेको जनकूटनीतिको फरक विशेषता चर्चा गर्दा निम्न प्रवृत्तिलाई बिर्सनुहुँदैन– नेपाली जनतासँगको प्रत्यक्ष सम्पर्क र सम्बन्धलाई जोड दिनु, प्रचारबाजीको विधि नअपनाउनु, नेपाली विज्ञ, विद्धान, पेशाकर्मी, राजनीतिकर्मी लगायतका समुदायमा चीनको प्रत्यक्ष भ्रमण मार्फत अभिमत बनाउने विधि अपनाउनु आदि। यी विधिमा दुईतर्फी संवादको सम्भावना रहन्छ। भविष्यमा पनि सहकार्यका संभावना बन्दै जान्छ।
जनकूटनीतिको नयाँ आयाम
राजनीतिक सद्भाव भ्रमणमा मात्र सिमित रहेको टिप्पणी झेल्दै आएको नेपाल–चीन सम्बन्धको यात्रामा अब नयाँ मोड आएका छन्। विमान नै भरिने गरी नेपालीहरु चीन जान थालेको टिप्पणी शुरु भएको छ।
नेपाली जनताको जनजीवनमा चीनसँगको राम्रो सम्बन्धले सकारात्मक प्रभाव पार्न सक्ने सम्भावना बढ्दै छन्।
नेपालीहरु विस्तारै चिनियाँ भाषा, साहित्य र सँस्कृति बुझ्ने कार्यमा संलग्न हुँदै छन्। कति प्राध्यापकहरु चीनका विश्वविद्यालयमा अध्यापन पनि गराउँदै छन्। नेपालमा चिनियाँ बजार विस्तार भएको छ। नेपालीहरुले नजिकबाट चिनियाहरुसँग विभिन्न सम्बन्ध विकास गरिरहेछन्।
यो बढ्दो सम्बन्ध विकाससँगै चीनसँगको सम्बन्धमा नेपालले ध्यान दिनुपर्ने पक्षको आंकलन हुँदैजानेछ।
दुई फरक आचरण, इतिहास र संस्कृतिका जनताले एक अर्कालाई कति हदसम्म व्यवहारिक वस्तुस्थितिमा बुझे भन्ने मापन भने गर्नै बाँकी छ। चिनियाँहरु भने नेपालीले आपूmलाई कसरी लिइरहेका छन् भन्ने बुझ्न उद्वेलित देखिन्छन्।

केही अघि युनान विश्वविद्यालयले चिनियाँ कम्पनीमा काम गर्ने नेपाली मजदूर र कर्मचारीको मानसिकताबारे अध्ययन गर्यो। त्यस्तै नेपालमा चिनियाँ कम्पनीले सम्हालेका काममा आएका व्यवधानका कारणबारे पनि अनुसन्धान हुँदै गरेका छन्।
सम्बन्धलाई भरपर्दो बनाइरहन यस्ता अध्ययन–अनुसन्धानले टेवा नै पुर्याउने छ।
नेपालले पनि यस्तो अनुसन्धान गर्न आवश्यक छ। नेपालले यस्तो अनुसन्धान गरेमा दुई देशका जनताबीचको सम्बन्ध विस्तारमा थप टेवा पुग्नेछ।
सी भ्रमणले दिएको अवसर
चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणसँगै नेपाल–चीन जनकुटनीतिमा नयाँ अवसरहरु सिर्जना भएका छन्।
उक्त भ्रमणका क्रममा नेपाल र चीनबीच १८ वटा सम्झौता र दुई वटा लेटर अफ् एक्सचेन्जमा हस्ताक्षर भयो। तीमध्ये नेपाल–चीनबीच सीमापार रेल वेको सम्भाव्यता अध्ययनका लागि तथा काठमाडौं–केरुङ सडकमार्गमा दुई स्थानमा सुरुङ निर्माणबारे भएको समझदारीले चर्चा पायो। यी दुवै परियोजनाले कनेक्टिभिटी बढाउँछन्।
कनेक्टिभिटी भनेको आवतजावतमा आम जनसमुदायको सहज पहुँच हो। यसले दुई देशबीच जनस्तरको आवागमनलाई सजिलो बनाउनेछ।
त्यस्तै राष्ट्रपति विद्या भण्डारीले दिएको रात्रीभोजमा सीले मन्तव्यको क्रममा बढीभन्दा बढी चिनियाँहरु नेपालमा पर्यटनका लागि आउने विचार राखेका थिए। यसबाट पनि चीन नेपालमा जनसम्पर्क बढाउन उत्सुक छ भन्ने देखिन्छ।
नेपालको त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस संस्थान स्थापना गर्नेसम्बन्धी सम्झौता हुनु जनकूटनीतिमा अर्को उल्लेखनीय विकास हो।
त्यस्तै चीनको नानजिङसँग काठमाडौं महानगरपालिकाको र सियानसँग बुटवल उपमहानगरपालिकाको भगिनी सम्बन्ध स्थापना हुनु पनि जनकूटनीतिकै विस्तार हो।
चिनियाँ जनकूटनीतिका चुनौति
चिनियाँ राजनीति, समाज र सांस्कृतिक पक्षबारे नेपाली पाठकले चिनियाँ लेखकको विचार पढ्ने अवसर कम छन्।
भाषाकै कारणले चीनमा अध्ययन गर्न गएका नेपालीले पनि अध्ययनको गहिराइमा पुग्न पाएका छैनन्। फरक भाषा या फरक स्वभावले गर्दा चिनियाँ र नेपाली साथी बीच गहिरो मित्रता हुन सहज छैन। साथै भाषाको अध्ययन पनि प्रारम्भिक तहको मात्र हुँदा प्राज्ञिक अध्ययन र अनुवादहरु कम मात्र हुनु पनि चिनियाँ जनकूटनीतिका कमजोर पाटा हुन्।
चिनियाँ समाजमा विदेशी समाजलाई सकेसम्म परै राख्ने पुरानो बानीको प्रभाव अझै जब्बर नै छ। यसले गर्दा विदेशीलाई अविश्वास गरिएको गन्धले सताउँछ। तर निरन्तर संवाद र व्यवहारबाट सम्बन्ध सुधार र विकास गर्ने महत्वपूर्ण जिम्मा चिनियाँ जनकूटनीतिकै काँधमा छ।
(न्याइच्याइले चीनको युनान विश्वविद्यालयबाट ‘नेपालमा चीनको जनकुटनीति’ विषयमा विद्यावारिधी गरेकी छन्।)
आजको चीन शृंखलाका अन्य लेखः
शृंखला १ः हामीले नचिनेको चीन
शृंखला २ः चीनको उदयसँगै रहिरहला पश्चिमा साख ?
शृंखला ३ः सम्भव छैन एशियाली शताब्दी