जब जब त्यो तस्वीर हेर्छु, त्यसले रियल मड्रिडमा मेरो रोमाञ्चक यात्रा कसरी शुरू भएको थियो भन्ने याद दिलाउँछ। त्यो तस्वीर अझै पनि मेरो घरमा छ। र मेरो घर अझै मड्रिडमै छ। जहाँ अहिले म रियल मड्रिडमा संस्थागत सम्बन्ध निर्देशकका रूपमा काम गर्छु। र अहिले म पनि आम मानिसहरू जस्तै अफिस जान पाएको छैन। पछिल्लो महिना म दुई पटक मात्र घरबाट निस्किएँ। र दुवै पटक म पसलमा सामान लिन गएको थिएँ। दिनभर घरमै बस्दा भित्तामा झुन्डिएको तस्वीरजस्तै भएको छु। तर यो विषम परिस्थितिमा त्यसो गर्नु राम्रो हो।
दुई पटक बाहिर निस्कँदा मैले वरिपरि नियालें। मैले मुश्किलले मात्र मेरो शहर चिनें। सामान्य अवस्थामा मड्रिडमा वृद्धहरू घाममा हिँडिरहेका हुन्थे। बच्चाहरू यताउता कुदिरहेका हुन्थ्ये। मानिसहरू परिवार तथा साथीभाइसँग बार र रेस्टुराँबाहिर राखिएको टेबलमा गफिइरहेका हुन्थे। रमाइरहेका हुन्थे। मड्रिडमा आफूलाई जीवनमा जे मन लाग्यो त्यो गर्न पाइन्थ्यो। घाम ताप्ने, खेलकुद, संस्कृति, रात्रिजीवन, खानेकुरा......विशेषगरी खानेकुरा !, यहाँ छुट्टै संसार थियो। र यहाँका मानिसहरूलाई थाहा छ, कसरी मजा लिने भनेर। उनीहरूलाई थाहा छ कसरी राम्रो जीवन बिताउने भनेर। तपाईंलाई थाहा छ?
तर, अहिले ती सब हराएका छन्। सडकहरू पूर्ण रित्ता भएका छन्।
मैले मड्रिडलाई यस्तो कहिल्यै देखेको थिइनँ। कहिले यस्तो होला भन्ने कल्पना पनि गरेको थिइनँ।
व्यक्तिगत रूपमा भाइरसले मलाई असर गरेको छैन। मेरो परिवार र म स्वस्थ छौं। तर, ज्यान गुमाउनेहरूको परिवारका लागि म दुःखी छु। कतिपय मेरो चिनजानकै छन्। गत महिना रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जले पनि कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएको समाचार त तपाईंले पक्कै पढेको हुनुपर्छ।
उहाँ त्यही व्यक्ति हो, जसले मलाई यस क्लबमा भित्र्याउनुभएको थियो। उहाँ ७६ वर्षको हुनुहुन्थ्यो। जब उहाँलाई संक्रमण भएको सुनें, चाँडो ठीक होस भनेर प्राथना गरेँ। मलाई यो पनि थाहा थियो कि उहाँ दीर्घरोगी हुनुहुन्थ्यो। अन्ततः भाइरसले उहाँलाई चुँडी लग्यो।
लोरेन्जो अध्यक्ष भए पनि सबै समर्थक भन्दा माथि हुनुहुन्थ्यो। उहाँ रियल मड्रिडकै लागि जन्मनु भएको थियो। उहाँले सधैं सक्रिय जीवन विताउनुभयो। खेलका क्रममा ‘ड्रेसिङ रूम’मा हामीसँगै बस्नुहुन्थ्यो। हामीले बराबरी खेल्दा वा हार्दा अब यस्तो गर्नुपर्छ भनेर सम्झाउनुहुन्थ्यो। जब उपाधि जित्थ्यौं, हामीलाई अंगालोमा बेर्ने पहिलो व्यक्ति उहाँ नै हुनुुहुन्थ्यो। उहाँको मानवीय गुणहरू, आशावादी र मड्रिडका लागि गरेको हरेक कामका लागि हामी उहाँलाई माया गथ्र्यौं। एक किसिमले भन्दा उहाँ हाम्रो पिता समान हुनुहुन्थ्यो।
म दिनहुँ उहाँको सम्पर्कमा हुन्थे। मैले कहिल्यै लोरेन्जो सान्ज भनेर उहाँको नाम लिइनँ। कहिल्यै लिने प्रयास पनि गरिनँ। मैले सधैं उहाँलाई अध्यक्ष (प्रेसिडेन्ट) वा ‘प्रेसी’ भन्ने गर्थे।
म भन्थे, ‘‘हेलो प्रेसी, कस्तो हुदैछ?’’
र, उहाँ ठूलो स्वरमा हासेर मलाई अंगालो मार्नुहुन्थो।
म मड्रिड आएपछि एक वर्षभन्दा कम समयमात्र लोरेन्जो अध्यक्ष पदमा बस्नुभयो। क्लबसँग अनुबन्ध भएपछि समय धेरै छिटो छिटो बित्यो। तर मलाई मैले डेब्यू गरेको खेल अझै पनि ताजै छ। त्यतिबेला मैले डेपोर्टिभो लाकोरूनाविरुद्ध अवे खेलमा गोल गरेको थिएँ। र ८० हजार समर्थकमाझ पहिलो पटक बेर्नाबेउ रंगशालामा खेलेको सम्झना पनि मसँग ताजै छ।
उम्मम... म यहाँ के गर्दैछु? मैले यहाँ गल्ति गरें भने के हुन्छ? मैदान छिर्नुअघि मनमा त्यस्तो लागेको थियो।
म एकदम डराएको थिएँ।
तर, त्यो दिन पनि मेरो जीवनको उत्कृष्ट क्षणमध्ये एक बन्यो।
समय बित्दै जाँदा रियल मड्रिडका लागि जस्तोसुकै दबाबमा खेल्न म अभ्यस्त भएँ। केही यस्ता क्षणहरू पनि थिए कि जस्तासुकै बलिया प्रतिद्वन्द्वी पनि हामीसँग पराजित हुन्थे। म यहाँ आएको दुई वर्षपछि हामी च्याम्पियन्स लिगको फाइनलमा युभेन्टसविरुद्ध प्रतिस्पर्धा गर्दैथ्यौं। हामी सबैलाई थाहा छ- रियल मड्रिड च्याम्पियन्स लिगको इतिहासमा सबभन्दा धेरै उपाधि जित्ने क्लब हो, र अझै पनि यो कायमै छ। तर, त्यो समय हाम्रो अनुकुल थिएन। हामीले ३२ वर्षसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेका थिएनौं। ला लिगामा पनि हामी त्यो सिजन संघर्ष गरिरहेका थियौं। उता युभेन्टस भने लगातार तीन सिजन फाइनल खेल्दै थियो। त्यसैले हामीलाई उपाधि दाबेदार मानिएको थिएन।
फाइनलको अघिल्लो रात हामीमध्ये कोही पनि निदाउन सकेनौं। सामान्यतः राती १० बजे सुत्ने कोठामा पुगिसकेका हुन्थ्यौं। तर त्यो रात होटेलको लबीमै विहान ४ बजेसम्म बसेका थियौं, एकअर्कालाई कहाँनी सुनाउँदै। हामी डराएका थिएनौं, तर युभेन्टसप्रति ठूलो सम्मान थियो। खेल कतिबेला शुरू हुन्छ भन्ने चिन्तामा थियौं।
हामीले फाइनलमा युभेन्टसलाई कडा चुनौती दियौं। युभेन्टसले गोलका थुप्रै अवसर सिर्जना गर्यो। तर हामी १-० ले विजयी भयौं। हाम्रो क्षमताले मात्र हामीले खेल जितेका थिएनौं। हामीसँग उत्प्रेरणा पनि थियो। उनीहरूभन्दा धेरै हामीले त्यो खेल जित्न चाहेका थियौं।
उपाधि जितेपछि हामी प्लाजा डे सिबिलस गयौं। हजारौं हजार समर्थकले सडक भरिभराउ थियो। सबै सेतो जर्सी र स्कार्फमा थिए। जितको खुशीयालीमा सबै गित गाइरहेका थिए। झुमिरहेका थिए। त्यो रात म कहिल्यै विर्सन सक्दिनँ।
रियल मड्रिडमा मैले विताएका समयमध्येको उत्कृष्ट क्षण रोज्नु पर्यो भने, त्यो त्यही जितको क्षण हो।
तपाईं जति लामो समय मड्रिडमा बस्नुहुन्छ, मानिसका लागि यस क्लबको महत्व के हो भन्ने महशुस गर्न सक्नुहुनछ। शहरमा मात्र होइन, पूरा स्पेन र विश्वमा। हामी जहाँसुकै खेले पनि समर्थकको कहिल्यै कमी हुन्न। चाहे त्यो एल क्लासिको होस् वा सानोतिनो कप प्रतियोगिता, बेर्नाबेउ सधैं भरिभराउ हुन्छ। समर्थकले यस क्लबलाई समान उद्देश्यले प्रेम गर्छन्। जसले मलाई यहाँ आउन प्रेरित गर्यो। मैले यहाँ अनुबन्ध हुने निर्णय गर्नुको कारण थियो, प्रतिष्ठा, समर्थक, च्याम्पियन्स लिगमा गौरवशाली सफलता र अझ गर्विलो इतिहास बनाउने मौका।
म यो भन्न सक्छु कि, सन् २००० शुरूको ‘गालाक्टिकोस’ युग समर्थकका लागि मात्र स्मरणीय छैन। खेलाडीका रूपमा त्यसको हिस्सा हुन पाउनु अविश्सनीय पनि छ। ड्रेसिङ रूममा बसेर वरिपरी हेर्दा बालोन डी‘अर अवार्ड विजेता, स्पेनिस प्लेयर अफ दी इयर, ला लिगामा धेरै गोल गर्ने, विश्वकै उत्कृष्ट गोलकिपरजस्ता खेलाडी देख्न पाइन्थ्यो। त्यस वातावरणको एक हिस्सा हुन पाउनु विशेष हो। कहिलेकाँही म त्यहाँ बसेर सोच्थे, म कहाँबाट आएको थिएँ, अहिले कहाँ बसेको छु। म गौरवान्वित हुन्थें। तर, कसलाई थाहा हुन्छ र जीवन कहाँ पुगेर अन्त्य हुन्छ भन्ने।
त्यसपछि पनि हामीले दुई पटक २००० र २००२ मा च्याम्पियन्स लिगको उपाधि जित्यौं। र, अहिले मलाई ती सबै क्षण सम्झन गाह्रो हुन्छ। जब तपाईं रियल मड्रिडजस्तो क्लबबाट खेल्नुहुन्छ, सधैं वर्तमानमा बस्नुपर्छ। किनकी यहाँ सबै कुरा तीब्र रूपमा हुन्छन्- दौड, हेड, ट्याकल, प्रशिक्षण सत्र, टाढाको यात्रा, होटल, जित र हार सबै।
रियल मड्रिडका लागि खेल्न छाडेको दिनमा मात्र मलाई क्लबबाट हासिल गरेका उपलब्धि महशुस भयो।
क्लबका लागि मेरो अन्तिम खेल १७ जुन २००७ मा थियो। हामी सिजनको अन्तिम खेल बेर्नाबेउमा मालोर्काविरुद्ध प्रतिस्पर्धा गर्दै थियौं। र हाम्रो बार्सिलोनासँग समान अंक थियो। बार्सिलोना भने जिम्नास्टिकविरुद्ध खेल्दैथियो। यदि दुबै क्लबले जितेको अवस्थामा उपाधिको छिनोफानो बार्सिलोनासँगको ‘हेड टु हेड’ का आधरमा हुन्छ भन्ने थाहा थियो। हामी शुरूमै एक शून्यले पछि पर्यौं। तर दोस्रो हाफमा हामीले उत्कृष्ट पुनरागमन गर्दै ३-१ को नतिजा निकाल्यौं। जुन असाधारण जित थियो।
त्यस दिनको राम्रो क्षण सम्झनु पर्दा समर्थकहरूले मलाई गरेको व्यवहार नै हो। सबैलाई थाहा थियो त्यो मेरो अन्तिम खेल हो भनेर। डेबिड बेकह्यामले पनि छाड्दै थिए। जब हामी होटलबाट निस्केर रंगशालातर्फ अघि बढ्यौं, त्यतिबेलादेखि नै सबैले हामीलाई अन्त्यन्तै प्रेमपुर्ण व्यवहार गरेका थिए। मलाई जन्मदिन जस्तो महशुस भएको थियो। सबैले हामीलाई शुभकामना दिएका थिए। माया गरेका थिए।
‘‘गुड लक’’....‘‘वि लभ यू’’
‘‘जतिसक्दो चाँडो फर्किनू।’’
त्यसदिन मलाई महशुस भयो, मैले क्लबका लागि के गरेको रहेछु भनेर।
त्यसदिन मैले महशुस गरें, मानिसहरूले मलाई कति धेरै माया गर्ने रहेछन् भनेर।
त्यो मेरो जीवनको कठिन दिनमध्ये एक हो। मलाई लाग्यो कि यहाँका मानिसहरू कति भावनात्मक हिसाबले आफ्नो जीवन विताउँछन्।
तिनै कारणहरूले गर्दा अहिले भइरहेका कुराहरूले मलाई गहिरो चोट पुर्याउँछ।
त्यसैले म मड्रिडलगायत सबै ठाँउका मानिसहरूलाई साकरात्मक हुन आग्रह गर्छु। मेरो दर्शन भनेको सधैं मुस्कानका साथ समस्याको समाधान गर्ने प्रयास गर्नु हो। त्यसैले शीर उठाएर चारैतिर हेर्नुस्। आफूमा विश्वास गर्नुस्। धैर्य गर्नुस्। शान्त रहनुस्। र अरूलाई मद्दत गर्ने प्रयास गर्नुस्।
यो महामारीका केही सकारात्मक कुराहरू देखा परेका छन्। हामी सबै मानव जाति समान जोखिममा छौं। हामीले महशुस गरेका छौं कि परिवार महत्वपुर्ण छ। साथीभाई महत्वपुर्ण छन्। हामी सबैलाई एक अर्काको खाँचो छ। हामीले महशुस गरेका छौं कि सामान्य रूपमा भिडिओ कलमा मायालु शब्दले पनि मानिसको जीवनमा ठूलो भिन्नता ल्याएको छ।
अहिले हामी सबै मिलेर काम गर्नुपर्ने छ। सबै घरमा बसी एकसाथ भाइरसविरुद्ध लडिरहेका छौं। ता कि चाँडोभन्दा चाँडो सामान्य अवस्था बनोस्। सबैले जस्तै मैले पनि फुटबल ‘मिस’ गरिरहेको छु। र म रियलले अर्को उपाधि जितेर सिबिलस फर्किएको दिनको पर्खाइमा छु।
तर, त्योभन्दा पहिले मानिसहरू सडकमा फर्किएको हेर्न चाहन्छु।
हामी सबै त्यही दिनका लागि लडिरहेका छौं।
-दी प्लेयर्स ट्रिब्युनबाट
अनुवादः सुजन श्रेष्ठ
" />जब जब त्यो तस्वीर हेर्छु, त्यसले रियल मड्रिडमा मेरो रोमाञ्चक यात्रा कसरी शुरू भएको थियो भन्ने याद दिलाउँछ। त्यो तस्वीर अझै पनि मेरो घरमा छ। र मेरो घर अझै मड्रिडमै छ। जहाँ अहिले म रियल मड्रिडमा संस्थागत सम्बन्ध निर्देशकका रूपमा काम गर्छु। र अहिले म पनि आम मानिसहरू जस्तै अफिस जान पाएको छैन। पछिल्लो महिना म दुई पटक मात्र घरबाट निस्किएँ। र दुवै पटक म पसलमा सामान लिन गएको थिएँ। दिनभर घरमै बस्दा भित्तामा झुन्डिएको तस्वीरजस्तै भएको छु। तर यो विषम परिस्थितिमा त्यसो गर्नु राम्रो हो।

">